यो नदी तर्न सक्छु कि क्यार्छु म यही सोच्दैछु
गङ्गाको चोखो पानीमा खुट्टा चोबल्न खोज्दैछु
गहिरो छ कि छिप्छिपे के छ विचार गरियो
धमिलो नदी भएन थाहा आँटले तरियो
पाइएन मेसो रहमा पुगेँ पानीले गिज्यायो
यो ठाउँ ऊ ठाउँ भनेन केही जाँसुकै भिजायो
भँड्खालो छल्दै बिस्तार बिस्तार अगाडि बढेँ म
लेउमा खुट्टा चिप्लियो अनि बङ्लङ्ग लडेँ म
जङ्घार खोज्दै तरुँ कि क्यारुँ फर्कूँ कि
परक्क
ढुङ्गाको छेल परेर लुगा निचोरेँ अलक्क
कसैले परै सुटुक्क चियो गरेछन् मजाले
रातो र पिरो भएर किनार फर्किएँ लाजले ।
—–
– भोर्लेटार, लमजुङ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१४ असार २०८३, आईतवार 










