वास्तवमा “म” भन्नु
मेरो आदत, बानी र व्यवहार रैछ
जो कसैसँग मिल्दैन
अनुहार त जीवनमा धेरैचोटि फेरिँदोरैछ
आफ्नै मान्छेले पनि नचिन्न सक्छ

त्यसोत “म” भन्नु मेरो नाम पनि हो
तर त्यो भन्दा बढी काम रैछ
मान्छेले चिन्ने भनेकै
त्यही कामले आर्जेको नाम रैछ

चाहे त्यो लुच्चा होस् या छुच्चा
चाहे गुणी होस् या वैगुनी
चाहे लोभी होस् या पापी
चाहे दयालु होस् या मायालु

किनकि म चितामा जलेको दिन
मेरै आगो, मेरै खरानी, मेरै धुँवा भए पनि
न मलाई कसैले आगो भनेर सम्झिनेछ
न धूँवा, न खरानी भनेर सम्झिनेछ
बस्, सम्झिहाले – त्यही बानी
त्यही व्यवहारले दिएको
कुनै एउटा अमूक नामले सम्झिइने छ ।

चैनपुर, संखुवासभा
हाल : रातोपुल, काठमाडाैं