ओसिएर झरेको छु—
साँघुरो मोडको एक्लो छायाँमा।
तिमी हिँड्यौ—
मेरो करको आवाज सुनिएन,
तिम्रो हतारमा म रुन भ्याइनँ।
म कुल्चिएको छु—
जसरी
झरीले थिच्छ पुरानो चिठ्ठी,
बाढीले बगाउँछ अधपढेको कविता,
पहिरोले छोप्छ नाम नभएको समाधि,
घामले डढाउँछ सहनशीलता।
म अब पात होइन —
चिरिएको आवाज हुँ,
अझै नबोलेको चिच्याहट।
दुनियाँ ?
चम्किलो जुत्ता हो —
जसलाई माटो थाहा छैन।
सोलुखुम्बु



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१४ असार २०८३, आईतवार 





