नउदाउने
सूर्यको आशामा
मैले
छट्पटाएर
सिङ्गै एउटा अनिदो रात
कटाएको छु
रातभरि
जाग्राम बसेर
मैले खोजेको बिहानको सूर्य
नउदाउँदै किन यसरी
अस्ताएको छ ?
मेरो माटोमा
सधैं अन्धकार छ
मेरो देशमा
सधैं महाप्रलय छ
यो सत्य बिर्सदै
म
सूर्य उदाउने विश्वासमा छु
के
उदाउला त त्यो
मेरो चम्किलो सूर्य ?
म यतिबेला पनि
त्यही आशामा
जीवित बसेको छु – मरेर ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१४ असार २०८३, आईतवार 










