स्वर्ग त पाइन्छ, पाइँदैन
हुन्छ, हुँदैन
रमणीय, आनन्दित रअनुपमलाई
स्वर्ग भन्ने हो भने
धर्तिमै स्वर्ग
पाइने हेर्नु छ भने
खप्तड पुग्दा हुन्छ
स्वर्ग, माथि आकाशतिर छ भन्छन्
स्वर्गमा देवता बास गर्छन्
आकाशलाई खेचर पनि भनिन्छ
खेचरबाट खप्तड भएको हो
आकाश जुन स्वर्ग हो
जहाँ देवता छन् र
धर्तीको स्वर्ग नै हो खप्तड
बाइस पाटनहरू छन्
छ ताल छन्
नद नदी पनि त्यत्तिकै छन्
तीन नदीको संगम नै छ त्रिवेणी
सहस्रलिङ्ग शिवजी लगायत देवता
निवास गर्दछन्
स्वर्गको बगैंचामा हजारौं फूल फुलेका छन्
कोणधारी वृक्ष भरिएको घना जंगल पनि छन्
मान्छे हराउन सक्ने
घोडा दौड हुन सक्ने ठुलाठुला पाटन पनि छन्
कति सिँगारेकी छ्न् माता प्रकृतिले
खप्तड आफैँमा
प्राकृतिक अनुपम त थियो नै
त्यसैमा
गीत, कथा, कविता थियो
टुक्राटाकी जोडी संग्रह पारेको होइन
महाकाव्य नै थियो
समग्र र सत्य थियो
स्वर्ग माथि छ भन्छन्
स्वर्गमा देवताहरू बस्छन् भन्छन्
पृथ्वीको सबैभन्दा माथि, माथि
चराचर जगतभन्दा माथि
खेचरहरूको निवास रहेको
भूस्वर्ग हो खप्तड
आफैँ हिमाल हो र हिउँ त देखिन्छ नै
जहाँबाट चन्द्रमा तार पनि ठुला देखिन्छन
स्वर्गानुभूति हुन्छ
स्वर्गीय आनन्द पाइन्छ
कसले देखेको छ र स्वर्ग
स्वर्ग अलौकिक हो
लौकिक स्वर्ग यही हो
यस्तै हुन्छ
खप्तडजस्तै ।
परशुराम १२, डडेल्धुरा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।