‘नहारी कैल्यै जित्न सकिँदैन, नलडी कतै उठ्न सकिँदैन’,
भन्थिन् सधैँ मेरी आमा‘नहिँडी गन्तव्य भेट्न सकिँदैन।’

जुटेमा शक्ति जाग्छ यहाँ, फुटे त शक्ति हराउँछ
आपसी बेमेल भएपछि, पराइले झन् सताउँछ।
‘नबोली कतै सुन्न सकिँदैन, नलेखी इतिहास मेट्न सकिँदैन’,
भन्थिन् सधैँ मेरी आमा‘नफुली कतै फल्न सकिँदैन।’

साहस कतै हराएपछि, झरेको पातले पनि तर्साउँछ
कसैलाई यहाँ कम नआक्नु, नपत्याउने खोलाले बगाउँछ।
‘पानीमा अक्षर कोरिँदैन, कोरे पनि आँखाले देखिँदैन’,
भन्थिन् मेरी आमा‘नफुकी आगो बाल्न सकिँदैन।’