तिमीले ठीकै भन्यौ,
म ढुङ्गा हुँ,
पग्लिन पटक्कै नजान्ने
कठोर ढुङ्गा।
तर यत्ति चाहिँ तिमीले बुझ्नै पर्छ।
शरीरमा लेउ ओढेर
पानीभित्र लुक्दै बसेको
चिप्लो ढुङ्गा होइन म,
जसले मौका पर्नासाथ
तिमीलाई लडाओस्।
म त कुनै
कठोर उकालीको चौतारीमा
वर्षौँ अगाडि देखी बिछ्याइएको
खस्रो ढुङ्गा हुँ
जसमाथि बसेर तिमीले
आफ्नो थकान मेटाई
बाँकी रहेको यात्रा
सजिलै पुरा गर्न सक्नेछौ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१८ मंसिर २०८२, बिहीबार 




