समाजमा यहीँ सवाल हुन्छ,
गरेर स्टन्ट कमाल हुन्छ।
बहालमा होस्, कुरा के हुन्थ्यो,
पछाडि होस् त, मसाल हुन्छ।
गुलाब फुल्दा भएन हेक्का,
पलास जाबो बबाल हुन्छ।
जसरी होस् न काटिएको,
लिनेदिने होस्, हलाल हुन्छ।
सके सबैले गरे हुनेथ्यो,
प्रदीप होस्, देखभाल हुन्छ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२७ कार्तिक २०८२, बिहीबार 




