निस्पष्ट्ट यो रात लाग्छ, तिम्रो गाजल जस्तै छ
फेरि उडी कता-कता पुग्ने मन, बादल जस्तै छ
प्रणय, अनुनय, बिन्ती बिसाएर प्रभुको चरणमा
तिमी प्रतिको प्रेम, भगवानसँग, भाकल जस्तै छ
मुहारिका बुद्धझैँ शान्त देख्छु भन्छौ तिमी मेरो
न देख्यौ मनको अशान्ति जो, कोलाहल जस्तै छ
तिम्रो प्रेमको संसारमा आफैँलाई हराएको म
भन्छन् उसको प्रेमले ‘राजेश’, पागल जस्तै छ ।
भक्तपुर



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ जेष्ठ २०८३, बिहीबार 









