उजाड जिन्दगीमा तिमी
हरियालीको बहार भएर आइदियौ
शरद ऋतुझैँ जिन्दगीमा
वसन्त बनी छाइदियौ
एक्लो जीन्दगी भरिदिने
जीवनकी संगिनी भइदियौ
तिमी आयौ
अनि जीवन रंगीन भो
झरेको आशमा पातहरू पलाउन लागे
औंशीझैँ रात चन्द्रमाले चम्किन थाले
तिमीले बोलेका बात अमृतझैं भो
प्यार तिमीसँग बहुत भो
अचल जिन्दगी चल्न थाल्यो
अनि जिउने इच्छा बढ्न थाल्यो
देखेको सपना विपना भएझैँ
मृगतृष्णा तृप्त भएझैँ
तिमी जीवनकी आनीबानी भैदियौ
दिल तिम्रो जानी-नजानी भैदियो
प्रश्न तिमी नै, उत्तर तिमी भैदियौ
एउटा मिठो आश भो
जिन्दगी मधुमास भो
तिमी आयौ जीवनमा
जिन्दगी खास भो
अनि जिन्दगी रंगीन भो ।
भक्तपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला