के छ कुन्नी तिम्रो, त्यो अधरमा?
कि गल्ती देखियो, मेरो नजरमा

राम खाडीमा, पसिना चुहाउँदै छ
सीता रावणसँग मस्त, छे सहरमा

तिमी त म सँगसँगै, हिँडेकी थियौ
आज टाढियौ कस्ले, पार्यो करमा

यो बाटो, मलामी मात्र हिँड्ने गर्छन्
उत्सव ध्वनि गुञ्जदैनन्, यो नगरमा

म प्रेमको, कोसेली लिएर आउनेछु
प्रतीक्षामा बस्नु उही, पुरानो बगरमा ।

भक्तपुर