भागः २५, अंशः ४ 

उसले एकैछिन ट्वाल्ल परेर हेर्यो र फेरि त्यो ढुङ्गा जस्तो अनुहार परतिर फर्कायो । उसका आँखाहरू अझैसम्म ज्योति नभएको रित्तो देखिन्थ्यो । मैले उसलाई बाथ टबबाट तानेर बाहिर निकाल्दा उसका आँखा जस्ता थिए अहिले पनि त्यस्तै थिए | मैले मेरो दुई गोडाको बीचमा राखेको पेपर ब्यागलाई हातले तानेँ र त्यही पर्सियन बुक स्टोरमा किनेको पुरानो शाहनमाहको किताब निकालेँ । मैले किताबको बाहिरी खोल शोहरबतिर फर्काइदिएँ ।

‘हामी केटाकेटी छँदाखेरि मैले यो पढेर तेरो बुबालाई सुनाउँथे । हामी हाम्रो घर छेउको पहाडमा चढ्थ्यौ र त्यो अनारको रूखमुनि _।” मैले वाक्य पूरा गरिनँ । शोहरब फेरि झ्यालबाहिर हेर्दै थियो । म बल गरेर हासेँ । “तेरो बुबालाई सबैभन्दा मनपर्ने कथा चाहिँ त्यही शोहरब र रोस्तभको कथा थियो । त्यही भएर उसले तेरो नाम शोहरब राखिदिएको हो । मलाई लाग्छ यो तँलाई थाहा छ ।” म अलि मूर्ख पो भएँ कि भनी ठान्दै टक्क रोकिएँ । “जे होस्‌, उसले आफ्नो चिठीमा तँलाई पनि सबैभन्दा मनपर्ने कथा त्यही हो भनेर लेखेको थियो | त्यसैले मलाई लाग्यो कि म केही पढेर तँलाई सुनाउँछु । के तँलाई सुन्न मन छ ?”

शोहरबले आँखा चिम्लियो र त्यो घाउ लागेको चाहिँ पाखुराले आँखा छोप्यो । मैले ट्याक्सीमा आउँदाखेरि दोबारेर राखेको पेज सर्र पाना पल्टाएर खोजेँ । ‘ल सुन है त ?” मैले भनेँ । जब अन्तिममा शाहनमाह हसनले आफैँ पढ्यो र मैले त्यत्रो बेरसम्म उसलाई ढाँटेको रहेछु भन्ने थाहा पाएपछि हसनको मनमा के कुरा खेल्याथ्यो होला भनेर आश्चर्य मान्दै सोचेँ । मैले अहँ गरेर घाँटी सफा गरेँ र पढेँ । ‘यो रूवाउने खालको छ तैपनि शोहरबको आफ्नो बाबुसँगको लडाइँको कथा कान थापेर सुन,’ मैले सुरू गरेँ । ‘यो कुनै एउटा दिनमा घट्यो जब रोस्तभ बसेको सोफाबाट जुरूक्क उठ्यो र उसको मन कुनै अप्रिय घटना घट्ना घट्दै छ भन्ने कुराले भरिएको थियो । रोस्तभले उसको बारेमा सोच्यो…।’

त्यो जवान योद्धा शोहरब आफ्नी आमा ताहमिनेह, सामेनगानकी राजकुमारीसँग आएर आफ्नो बाबुको हो भनेर परिचय माग्ने घटनासम्मको लगभग पहिलो अध्याय सबै मैले उसलाई पढेर सुनाएँ । मैले किताब बन्द गरेँ । “अझै अरू पढेर सुनाऊँ म ? अब युद्धको वर्णन आउने वाला छ याद राख । शोहरब आफ्नो सेनाको अगुवाई गरेर ईरानको ह्वाइट कसल जाँदै छ । के म पढेर सुनाउैँ ?”

उसले विस्तारै टाउको हल्लायो । मैले किताब त्यही पहिलेकै पेपर ब्यागमा हाले । “ठीक छ, ल,“ मेरो प्रश्नको जवाफ उसले दिएको थियो जस्तै गरेर उसलाई प्रोत्साहन दिँदै मैले भनें । “सायद अरू बाँकी हामी भोलि पढौँला । तँलाई अहिले कस्तो छ ?’

शोहरबको मुख खुल्यो र धोद्रे स्वर निस्कियो । भोकल कर्ड छिराएर बेथ्रिङ्ग ट्युब राखेपछि स्वर त्यस्तै निस्कन्छ भनेर मलाई डा. नवाजले भनिसकेका थिए । उसले ओठ चाट्यो र फेरि बोल्न कोसिस गर्यो ।

“म थाकेको छु ।

“मलाई थाहा छ | डा. नवाजले यस्तै हुन सक्छ भनेका थिए । उसले, टाउका हल्लाउँदै थियो |

के भो शोहरब ?”

सासले बोलेको भन्दा अलि चर्को गरी ऊ फेरि त्यस्तै धोद्रे स्वरमा बोल्यो र निधार खुम्च्यायो । “म अब सबै कुराबाट थाकेको छु ।” मैले सुइआँ सुस्केरा हालेँ र लत्रक्क परेर कुर्चीमा बसेँ । हामी दुई बीचको ओछ्यानमा घाम परेको थियो । एकै छिनका लागी ओछ्यानको पल्लो पट्टिबाट मलाई हेर्दै गरेको खरानी जस्तो त्यो फुस्रो अनुहार त्यही हसनको भूतको नभएर साँझको अजान गर्नलाई मुल्लाले चिच्च्याएपछि अलीले घर नबोलाउन्जेलसम्म मसँगै गुच्चा खेलेको हसन, घाम पश्चिमतिर ढल्केर माटाका छाप्राहरूको छानोले छेकेर ओझेल नपरून्जेलसम्म मैले त्यो पहाडमा लखेटेको हसन नभएर त्यही हसन थियो जसलाई मैले जीवितै अन्तिम पटक देखेको थिएँ । त्यही हसन जसले आफ्ना खित्रिमित्रीको पोको अलीको पछिपछि घिसार्दै दर्केको पानीमा भिज्दै बाबाको कारको डिक्कीमा कोच्दै गरेको बेला मैले आफ्नो कोठाको पानीले भिजेको झ्यालबाट हेरेर बसेको थिएँ । उसले विस्तारै टाउको हल्लायो । “म सबै चीजबाट थाकेको छु,“ उसले फेरि दोहोर्यायो ।

“शोहरब म के गरौँ त ? कृपया मलाई भन न ।’

“म चाहन्छु – उसले सुरू गर्यो । उसले निधार खुम्च्यायो र हात उचालेर घाँटीमा राख्यो । मानिलिउँ उसले केही चीज सफा गर्दै छ जुन चीजले उसको स्वर थुनिदिएको छ | मेरा आँखाहरू फेरि उसको त्यही कपडाको पट्टिले टनक्क पारेर बाँधेको उसको नाडीमा पर्यो ।”म मेरो पुरानै जीवनमा फर्कन चाहन्छु,’ उसले सासले बोल्यो ।

“ओहो शोहरब ।”

“म मेरो बुबा र आमा जानलाई भेट्न चाहन्छु । म सासालाई भेट्न चाहन्छु । म रहिम खान साहेबसँग बगैंचामा खेल्न चाहन्छु । म फेरि हाम्रै पुरानो घरमा बस्न चाहन्छु ।’ उसले आफ्नो नाडीले आँसु पुछ्यो । “म मेरो पुरानै जीवन जीउन चाहन्छु ।”

मलाई के बोल्ने र कता हेर्ने थाहै भएन । त्यसैले मैले तल आफ्ना हातहरूतिर हेरेँ । तेरै पुरानो जीवन, मैले सोचेँ । मेरे पनि पुरानो जीवन । शोहरब म पनि त्यही आँगनमा खेलेको थिएँ शोहरब । म पनि त्यही घरमा बसेको हो, तर त्यो दुबो सुकेको रहेछ र हाम्रो घरको ड्राइभवेमा एउटा नचिनेको मान्छेको जीप पार्किङ्क गरेको छ । त्यसको तेल चुहिएर अलकत्र सबै भिजेको छ । हाम्रो ती दिन गए शोहरब र त्यस घरमा बस्ने प्रत्येक मान्छे कि मरिसके नत्र गर्दे छन्‌ शोहरब । अब बाँकी तँ र म मात्र हो । तँ र म मात्र ।

“म तँलाई त्यो चाहिँ दिन सक्दिन,” मैले भनेँ ।

“मलाई लाग्छ तपाईंले त्यसो नगरेको — ।”

“कृपया त्यसो नभन तँ ।”

“__ लाग्छ तपाईंले त्यसो नगरेको – तपाईंले मलाई त्यही पानीमै छोडिदिएको भए हुने थियो ।”

“फेरि तैँले त्यसो कहिल्यै नभन्लास शोहरब, अगाडि निहुरिँदै मैले भनें । “म यो सहन सक्दिन ।“ मैले उसको कुममा हात राखेँ र ऊ झस्कियो, पन्छियो । विगत केही दिनहरूमा मैले ऊसँग गरेको बाचा भङ्ग नहुँदासम्म कसरी उसले मैले छुँदा सजिलो मान्ने गरेको थियो भनेर पछुतो मानेर सम्झिँदै मैले हात तल झारेँ । “शोहरब, म तँलाई तेरो पुरानो जीवन फिर्ता दिन सक्दिनँ । म भगवनसँग प्रार्थना गर्छु कि म त्यसो गर्न सकूँ, तर म तँलाई सँगै लैजान भने सक्छु । म बाथरूममा त्यही कुरा भन्न आएको थिएँ । तेरो अमेरिका जान भिसा लागेको छ । तँ अब म र मेरी श्रीमतीसँग बस्न मिल्छ | यो कुरा सत्य हो । म बाचा गर्छु ।’

उसले – लामो सास फेर्यो र आँखा चिम्लियो । सोचेँ ती अन्तिम दुई शब्द थाहा छ मैले जीवनमा थुप्रै कुराहरू गरेको छु जसको मलाई पछुतो छ । मैले भनेँ “र मैले तँसँग गरेको बाचा जसरी तोडे त्यो भन्दा ठूलो पछुतो अरू केही छैन । तर त्यस्तो फेरि अब कहिल्यै हुने छैन र म त्यसका लागि साह्रै दुखी छु । म तँसँग बखसेस माग्छु । मतलब माफी । के तँ मलाई माफी गर्न सक्छस् ? ममाथि विश्वास गर्न सक्छस् ?” मैले स्वर घटाएँ । “मसँग जान्छस् त ?”

क्रमश… 

नोटः उपन्यासको यो भाग धेरै लामो भएकोले यस्लाई अंश अंशमा विभाजन गरेका छौँ, धन्यवाद ।