७. भकुग्डे भाइ र उसको मिठाई

केटाकेटीहरूले निकै दिनसम्म मोहिनी वन र इन्द्रजाली रूखको बाहेक अरू केही कुरै गर्न भ्याएनन्‌। गीताले भकुन्डे भाइका लागि मिठाई लगिदिने कबुल बराबर अमरलाई सम्झाइरही “कबुल गरेपछि कबुल पुर्याउनै पर्छ ।’

अनि एक दिन उसले आफैले खुब सीप लाएर मकैको खजुरी, अनर्सा, खुवाको लड्डू र अरू मिठाईहरू बनाई । पकाउने तुल्याउने काममा आमाले उसलाई खुबै तालिम दिनुभएको थियो ।

मिठाई तयार भएपछि गीताले दाजुहरूलाई एक-एक टुक्रा चाख्न दिई र एक टुक्रा आफूले पनि चाखी । मिठाई देख्नामा पनि राम्रो र खानमा पनि खुब मिठो बनेको थियो । मिठाई चाखेर अमरले भन्यो “वा ! गीता ! म यी मिठाई लिएर भरे मोहिनी वनमा जान्छु ।… भकुन्डे भाइ खुब खुसी हुनेछ ।’

एनिड ब्लाइटन

अनि रात निकै ढलेपछि अमर लुसुक्क उठ्यो । गीता र आशिष पनि बिउँझेर झ्याल अगाडि गएर उभिए । बाहिर टहटह जून लागिरहेको थियो। जूनको दूधे प्रकाशमा मोहिनी वन विचित्र जादुको वनझैँ चम्किरहेको थियो । केटाकेटीले आ-आफ्नो रगतमा वित्रिच उत्तेजनाको अनुभव गरे । अगिल्लो दिन अमर मात्र मोहिनी वन जाने सल्लाह थियो तर त्यस रातको जुनेली जादुमा डुबेको संसार देखेर गीता र आशिषले पनि मन थाम्न सकेनन्‌ ।

‘हामी पनि जाने’ उनीहरूले झटपट लुगा-सुगा लगाएर दाजुलाई भने ‘है दाइ ? …तिमी बाहिर पर्खिराख । …हामी पनि आउँछौँ ।’

अमर चाल मारेर घरबाट निस्क्यो । आमा-बा आफ्नै कोठामा मस्त सुतिरहनुभएको थियो । एकै छिनपछि चाल मारेर गीता र आशिष पनि निस्के । उनीहरू बगैँचामा पुगे । त्यहाँ जुनेलीको उज्यालोमा रूखका छायाहरू धरतीमा निकै गाढा भएर बिछिएका थिए, कालो मसी पोखिएजस्तै । अनि ठाउँ-ठाउँमा जूनको प्रकाश पोखिएर जेब्राबुट्टा बनिरहेका थिए ।

केटाकेटीहरू अँध्यारोमा हिमाली खोल्सो तरेर मोहिनी वनमा उत्रे । ओः त्यहाँ त झन्‌ पो रमाइलो ! वनको अँध्यारो भागमा रूखका हाँगा-हाँगामा झुन्डिएका जुनकिरीको लाल्टिनले झिलीमिली भइरहेको । उज्यालो भागमा चाहिँ अनेक जातका परी (पुतली) हरू र बाउन्नेहरू, फटयाङग्रा र किर्थाहरू, अनि लोखर्के, खरायो, वनमूसा, न्याउरीजस्ता जनावरहरू खुब रमाएर उफ्री-उफ्री खेलिरहेका । सम्पूर्ण मोहिनी वन नै त्यति बेला स्वर्गको नाचघरझैं जागा भइरहेको थियो ।

केटाकेटीहरू छक्क परेर पाखेले फूलपाती हेरेझैँ हेर्न लागे । उनीहरूलाई देखेर पनि त्यहाँ कसैले अनौठो मानेन, न त वास्तै गर्यो ।

‘यहाँ त साँच्चै स्वगैं उत्रेजस्तो छ हगि दाइ ?’ गीताले भनी ।

अँ साँच्चै कस्तो हाटबजार लागेजस्तो’ आशिष पनि रमाइरहेको थियो । नभन्दै त्यहाँ चारैतिर ती रूखका हाँगा-हाँगामा रङ्गीचङ्गी फलफूलका कण्ठहार, तिलहरी र नौगेडी टाँगिएका; झुम्का झुलिरहेका, पातपातमा, झाडी- झाडीमा गुलाफका र अरू फूलका साडीपिनहरू जडिएका । तर केटाकेटीको मन भने त्यसमा भन्दा परीहरूका नाचगानतिर तानिएको थियो । ती परीहरू जमिनमा नाच्तानाच्तै थाकेर आकाशमा जुनेलीको पर्दामा नाच्न थाल्थे । अनि धरतीमा छिटो-छिटो उग्नेर बढ्ने छाते च्याउमाथि परीले सेतो कपडा बिछ्याई र अनि त्यसमाथि नाना किसिमका जङ्गली फल सजाई – ओखर, सुपारी, कटुस, बयर यस्तै ।

“कस्तो अनौठो सपना देखेजस्तै’ गीताले गद्गद्‌ हुँदै भनी ‘जुनेली रातमा यो मोहिनी वन यति रमाइलो होलाजस्तो लागेको थिएन ।’

उनीहरू धेरैबेर त्यहाँको रमाइलोमा भुले । अनि बिस्तारै इन्द्रजाली रूख मुनितिर गए । त्यहाँ पनि खुबै तमासा थियो । हाँगा-हाँगामा जुनकिरीका मैन्टोलहरू बलिरहेका थिए । दुप्पोतिरबाट एउटा बलियो डोरीको भर्याङ झरेर भुइँमा लत्रिरहेको थियो । ए यहाँ त भर्याङ पनि खसालिदिएको रहेछ’ अमरले खुसी हुँदै भन्यो ‘अब त माथि उक्लन सजिलो भयो ।’

अनि सबैजना डोरीको भर्याङ चढेर रूखमा उक्लन थाले । अरू केही जनावरहरू पनि रूखमाथि बस्ने आफ्ना इष्टमित्र-नातागोता भेट्न भनेर उनीहरूसँगै चढ्न थाले । अहिले रूखमाथिका घरहरूमा सबै झ्याल-ढोकाहरू खुलेका र त्यहाँ खुब हाँसखेल, रमाइलो भइरहेको थियो । केटाकेटीहरू माथि- माथि चढ्दै गए र उनीहरू अस्ति गीतालाई पानी छ्याप्ने जङ्गली बाउन्नेको घरसामु पुगे । तर त्यो बाउन्ने पनि अहिले त झ्यालबाट बाहिर तीनौटा लाटाकोसेराहरूसँग खुब खुसी हुँदै कुरा गरिरहेको थियो । तर अमरहरू उसलाई नबोलाई सजिलैसँग उक्ले । केही माथि रेसमी नानीको घर थियो । बाहिरबाट गीताले उसलाई बोलाइ “रेसमी नानी !…रेसमी नानी !!’

रेशमी नानी आफ्नो लाल रेसमी घाँगर लगाएर भान्छामा केही पकाइरहेकी थिई । गीताले बोलाएको सुनेर ऊ उठेर ढोकामा आई । आगोको रापले उसको अनुहार पनि लाल भएको थियो । उसले खुसी हुँदै भनी ‘ए ! तिमीहरू आयौ !…भित्र आओ न ! म मीठा रोटी पकाउन लागेकी । आएर चाख न ।’

“हामीलाई बस्ने फुर्सत छैन । हामी भकुन्डे भाइलाई मिठाई दिन आएका । लौ तिमी पनि एक टुक्रा चाख’ अमरले एक टुक्रा मिठाई उसलाई दिँदै भन्यो । रेसमी नानीले पनि त्यो मिठाई चाखी । “ओ कति मीठो ! मुखमा हाल्नासाथ पग्लने !… लौ तिमीहरू पनि मेरो मीठो रोटी चाख ।’

केटाकेटीहरूले त्यो मिठाई लिएर चाखे । अनि बिदा भएर उक्लन थाले । रेसमी नानीले उनीहरूलाई खबरदार गर्दै भनी ‘हेर नि त्यो पानी बौलाहीले तिमीहरूलाई रुझाइदेली ।… अर्कालाई रुझाएर ताली बजाउन मन पराउँछे । …होस गरेर जाऔ ।’

अमरहरूले के के-नाम-के-रेलाई आज पनि घरसामु मस्तसँग घुरिरहेको देखे । तर उसलाई उठाउन चाहेनन्‌ । आखिर उनीहरू भकुन्डे भाइको घरमा पुगे । भकुन्डे भाइ आफ्नो गोलो मेचमा बसेर आफ्ना फाटेका गद्दाहरू सिइरहेको थियो । अमरहरूलाई देखेर उसले खुसी हुँदै भन्यो ‘ओ ! आयौ तिमीहरू ! मेरो मिठाई ल्यायौ त ?

“ल्याएका छौं’ अमरले खल्तीबाट मिठाईको पोको झिकेर दिँदै भन्यो । भकुन्डे भाइले मिठाईको पोको लिएर एउटा खजुरी टोक्तै भन्यो ‘वा ! क्या मीठो मिठाई । धन्यवाद तिमीहरूलाई ।’

रमेश विकल

अनि उसले सबै मिठाई एकैचोटि मुखमा बुजो हाल्न खोज्यो । त्यसैले ऊ राम्ररी बोल्न नसकेर पाकुम्‌-पाकुम्‌ गर्न थाल्यो ।

“भाइ, यो बादलमाथि के छ ? …आज कुन चाहिँ धरती छ ?’ अमरले सोध्यो । ‘म त्यो प्वालबाट चियाएर हेरूँ ?’

“पाकुम्‌…पाकुम्‌…माक्‌…माक्‌’ भकुन्डे भाइले हडबडाएझैं गरी भन्यो । त्यो सुनेर गीता हाँस्न थाली ‘तिम्रो मुखमा मिठाईको बुजो छ । तिम्रो कुरा बुझ्न कसले सक्छ ?’

“मलाई बादलमाथि नजाऊ भनेको ? नडराऊ, म चियाएर हेर्छु मात्र ।’ अमरले भन्यो । तर भकुन्डे भाइले डराएझैँ गरेर उसलाई झँगेल्दै भन्यो ‘पाकुम… पाकुम्‌… म्याक… म्याक्‌ ।’

तर अमर नटेरीकन माथि उक्ल्यो र त्यो अँध्यारो दुलोबाट बादल पारी चियायो । अकस्मात्‌ बादलमाथि भर्याङबाट उसलाई कसैले पाखुरामा समातेर उचाल्यो ।

‘अमर ! अमर !’ भकुन्डे भाइ मुखको बुजो एकैपल्ट निलेर करायो ‘त्यहाँ नजाऊ, त्यहाँ नजाऊ त्यहाँ बदमास हिउँ पुत्लो छ । त्यसले तिमीलाई कमारो बनाउँछ… फर्क…’

तर अमरलाई एउटा झुसे पाखुरा भएको हातले उचालेर हिउँ नै हिउँ भएको धरतीमा पुर्याइसकेको थियो । बिचरा गीता, आशिष र भकुन्डे भाइ जिल्ल परेर हेरेको हेस्यै भए । गीता त रुन पनि थाली ‘भुकन्डे भाइ !… अब के गर्ने ?