अध्याय – चार

फुच्चे राजकुमारको कुरा सुन्दा मलाई थाहा भयो, ऊ घरभन्दा अलि ठूलो ग्रहबाट आएको रहेछ ।

योभन्दा आश्चर्यको कुरा मेरा लागि अरू के नै हुन सक्थ्यो र ! मलाई राम्रैसँग थाहा छ, पृथ्वी, बृहस्पति, मङ्गल, शुक्र जस्ता विशाल ग्रहबाहेक अरू पनि थुप्रै साना ग्रहहरू पनि छन्‌ जसलाई दूरबीनको सहायताले पनि देख्न मुस्किल पर्छ ।

खगोलविद्हरूले यस्ता ग्रहहरू पत्ता लगाए भने तिनीहरूलाई खास कुनै नाम नदिएर नम्बरद्वारा मात्रै नामाकरण गर्दछन्‌ । जस्तैः उपग्रह नम्बर-३२५ ।

मलाई अब के विश्वास भयो भने फुच्चे राजकुमार बी-६१२ नामको उपग्रहबाट आएको रहेछ । यो कुरा एकजना तुर्की वैज्ञानिकले सन्‌ १९०९ मा दूरबीनका सहायताले पत्ता लगाएका थिए । जब ती वैज्ञानिकले आफ्नो परम्परागत भेषभूषामा सौर्य-वैज्ञानिकहरूको एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो खोजको प्रदर्शन गरे तब उनको भेषभूषाका कारण कसैले पनि उनीमाथि विश्वास गरेनन्‌ ।

सौभाग्यको कुरा भन्नुपर्यो नयाँ टुर्की तानाशाहले उपग्रह बी-६१२ को प्रचार-प्रसारका लागि सबै जब हिल जनतालाई यरोपियन भेषभुषा लगाउनुपर्ने आदेश जारी गरे । आदेश पालना नभएमा मृत्युदण्डसमेत घोषणा गरियो । युरोपियन पोशाकमा सजिएर १९२० को अन्तर्राष्ट्रिय सम्मेलनमा फेरि खोजको प्रदर्शन गरे ती तुर्की वैज्ञानिकले । यसपटक भने सबैले उनीहरूमाथि विश्वास गरे ।

तुर्की वैज्ञानिकले भने, ‘बूढापाकाहरूकै कारण मैले उपग्रह सङ्ख्या बी-६१२ का बारेमा जानेको व्यहोरा फुच्चे राजकुमारलाई बताएँ ।’ बूढापाकाहरू भन्थे, “यदि अर्कै ग्रहको कुनै नयाँ साथी बनाउनु भएको छ भने उनीहरूलाई नसोध्नुहोस्‌ उसको स्वर कस्तो छ ? उसलाई कुन खेल मनपर्छ ? पुतली जम्मा गर्छ कि गर्दैन भनेर ?”
बरू सोध्नुहोस्‌, “उसको उमेर कति भयो ? दाजुभाइ कति छन्‌ ? तौल कति छ ? बाबुको आम्दानी कति छ भनेर ?”

यस्तै सङ्ख्याबाट मात्रै पनि तपाईं अर्को ग्रहको साथीको बारेमा थप नयाँ कुरा थाहा पाउन सक्नुहुन्छ ।

यो परिकथालाई अर्को ढाँचाबाट पनि लेख्न छ ‘धेरै वर्ष पहिले कुनै ग्रहमा एकजना राजकुमार बस्थ्यो । ऊ बस्ने ग्रह घरभन्दा खासै ठूलो थिएन । उसलाई एउटा भेडा चाहिएको थियो ।“

तर म चाहन्छु कि मेरो पुस्तक गम्भीरतापूर्वक पढियोस्‌ । राजकुमारले भेडा लिएर हिँडेको छ वर्ष भइसक्यो । म यहाँ उनको बारेमा वर्णन गर्दै छु ताकि उनलाई नबिर्सूँ। यदि मैले उनलाई बिर्से भने त म पनि तथ्य र सङ्ख्यामा मात्रै चासो राख्ने प्रौढसरह भइहालेँ नि ।

एउटा चित्र बनाउँदै गर्दा अर्को उस्तै चित्र फरक भैइदिन्छ, कुनै अग्लो कुनै होचो । मेरो वर्णनमा गल्ती हुन सक्छ । मेरो फुच्चे राजकुमारले कहिल्यै स्पष्ट आफ्नो बारेमा मलाई बताएनन्‌ ।

हुनसक्छ, मेरो नयाँ फुच्चे साथी पनि मलाई त्यस्तै ठान्दा हुन्‌ | तर म त्यस्तो छैन । म बाकसभित्रको भेडा देख्न सक्दिन ।