
“मालिक, निगाहा होस् ! ”-मैले बिन्ती गरेँ।-“बूढा जाखारले काखमा राखेर खेलाएको नबिसिंबक्सियोस् ! ममाथि दया रहोस् , हजूर ! सेम्योनले भखरै छोरो पाएको छ, प्रभु ! आमाको दूध चुस्ने बालक टुहुरो नबनोस् ! ”
उनले मगमग बास्ना आउने एउटा चुरोट, सल्काए । अनि आकाशतर्फ फुर्र धुँवा छोड्दै भने-
“जाऊ , बदमाशहरूलाई मेरो कोठामा आउनु रे भन्नू ! भैगो , माफी माग्छन् भने एक पल्टलाई छोडिदिउँला ! बुवाको सम्झनामा माफ गरिदिउँला ! लगाउँला एक दुई कोर्रा र आफ्नै फौजमा भर्ती गरिदिउँला ! आफ्नो जघन्य अपराधको बदला इमान्दारीपूर्वक सेवा गछ्न् मोराहरूले ! ”
म तुख्न्तै दौडेर आगनमा पुगे । नातिहरूको बाहुला तान्दै उनीहरूलाई भनें –
“जाऊ, मुर्ख हो ! माफी माग मालिकसंग ! माफी नपाउन्जेलसम्म भुइँमै लडिबुडी खेलिरहु ! ”
तर सेम्योनले टाउकोसम्म पनि उचालेर हेरेन । उ कुक्रुक्क परेर झोक्राएर बसिरह्यो र एउटा छेस्कोले भुई कोर्न लाग्यो। आनिकेइ आँखा तर्दै मतिर हेर्दै थियो र आखिर उसले नै कड्केर भन्यो |
“जानोस् , जीबा ! आफ्नो मालिककहाँ आफै गएर भन्नोस् बुढो जाखारले जीवनभरि कम्मर भाँचेर चाकरी गर्यो, उसको छोराले पनि टाउको निहुराएर सेवा गर्यो , तर उसका नातिहरू चाहिँ शब यस्तो गर्ने चाहँदैनन् ! जानोस् यही कुरा भन्दिनोस् ! ”
“के त जाँदैनस् , कुकुर्नीको छाउरो ? ”
“अहँ, जान्न ! ”
“तँ कुलांगारलाई त मरे पनि बाँचे पनि केही फरक पर्दैन । तर सेम्योनलाई पनि किन आफुसँगै सती लान खोज्छस्, हँ ? उसकी स्वास्नी र दूधे बच्चाको हेरचाह कसले गर्छ नि? ”
छेस्कोले भुइँ कोरिरहेको सेम्योनको हात लुगलुग कामेको मैले देखेँ। उ विचारमग्न देखिन्थ्यो, तर चूप लागिरहेको थियो। लाटो गोरू झैं उ एक लवज पनि नबोलेर बसिरह्यो ।
“जानोस् , जीबा ! मर्ममा चोट नपार्नोस् ! “- आनिकेइले फेरि अनुरोध गर्यो ।
“ईस् ! जाउँला अरब ! मुखाले नकच्चरो ! सेम्योनलाई कथकदाचित केही भइहाल्यो भने आनिस्याले अपहत्या गर्न बेर छैन… । बडो यहाँ बुज्रुग हुन खोज्दो रैछ! ”
सेम्योनको हातको छेस्को पट्ट भाँचियौ र भुइँमा खस्यो । म जवाफ पर्खेर बसेँ, तर उ भने पहिले झैं चूप लागिरह्यो ।
“प्यारो नाति सेम्योन ! होशमा आइसक्या, बाबु ! हाम्रा एक मात्न सहारा तिमी नै छौ! जाऊ, बाबु ! मालिकसंग माफी माग | ” मैले भने।
“हामी होशमा आ्इसक्या छौं! हामी कसैको पाउ मल्न जान्नौं अब ! तपाईं नै उसको गोडामा छाँद हाल्नोस् ! “- आनिकेइले फन्केर भन्यो ।
मैले उसलाई जवाफ दिएँ-
“मालिकको अगाडि घुँडा टेकेर बिन्ती गरेकोमा घुर्की देखाएको तिमीहरूले? ठीक छ, म त बुढो भैसके । आमाको लाम्टो चुस्नुको सट्टा मालिकको कोर्रा, चुस्नु परेको थियो मैले…। आफ्ना नातिहरूको सामुन्ने घुँडा टेक्न समेत म अनकनाउने छैन ! ”
अनि मैल घुँडाले भुइँमा टेकेर टाउको निहुराएँ र अनुनय विनय गर्ने थाले । वरिपरिका सबै मानिसहरू केही पनि नदेखेको बहाना गर्दै अर्कोतिर फर्किए ।
“जानोस् भन्या, जीबा, जानोस् ! न त म यहीं मारिदिने छु! ” – आनिकेइ चिच्यायो । उसको ओठमा फींज निस्किरहेको थियो र आँखा चाहिं पासोमा परेको ब्वाँसोका जस्ता भयंकर देखिन्थे ।
म फेरि फर्केर मालिककहाँ नै पु्गे। मैले उनका गोडा आफ्नो छातीमा बेसरी च्यापे। उनी लात्तले हान्न त के, हलचल नै गर्ने नसक्ने अवस्थामा थिए। यसरी कसेर च्यापेको थिएँ मैले उनका गोडा ! बरू मेरा पाखुराहरू नै निदाएर झनझनाउन थालिसकेका थिए। अनि मेरो मुखबाट पनि वाक् फुटिरहेको थिएन ।
“खै त तिम्रा नातिहरू ? ”–मालिकले सोधे ।
“उनीहरू धक मान्दैछन् , हजूर ! ”
“के रे? धक सान्दैछन्..?! “-उनले अरू केही बोलेनन् । उनले आफ्ना बूटले मेरो बंगारामा नै बेसरी लात हानेर सरासर ढोकाबाहिर निस्केर सिंढीबाट तल ओर्लिए। ”
बूढा जाखार स्याँ स्याँ गर्दै छिटो छिटो सास फेर्न लागे। एक्कै छिन उनको हअनुहारमा गहिरो चाउरी पर्यो र रगत पनि सुकेर धुस्रोफुस्रो देखियो। खूब बल लगाएर उनले बूढ्यौलीको सुँक्क सुँक्क बीचैमा रोके, सुकेका ओठहरू हातको लबटोले पुछे र अर्कोतिर फर्किए । पोखरीको पारिपट्टि एउटा चील पखेटा फैलाएर ढल्कँदै घाँसको मैदानमा एकाएक झम्टिन पुग्यो र छातीमा सेतो भुवा भएको एउटा सारसलाई पंञ्जामा च्यापेर माथि उड्यो। सेता प्वाँखहरू फुक्का हिउँ झैं आकाशमा फैलिए। हरियो दुबोमाथि खसेका प्वाँखहरूको चमक आँखा तिर्मिराउने गरी तीखो थियो। बूढा जाखारले नाक बजाउँदै सिँगान फाले र सिँगानमा लथपथिएका औंलाहरू आफ्नौ घरबुना कमीजको पोल्टोमा पुछे। अनि उनले फेरि भन्न शुरू गरेन |
“म पनि मालिकको पछि पछि ढोकाबाट बाहिर निस्किएँ । आनिस्या चाहिँ दूधे बच्चालाई च्यापेर दुगुर्दै आइरहेकी थिई । उ पनि त्यही चीलले जस्तै गरी आफ्नो लोग्नेमाथि एकाएक झम्टिन पुगी र उसको पाखुरामा टाँस्सिई . . . ।
मालिकले मेजरलाई डाँके र सेम्योन र आनिकेइतर्फ औंल्याए । मेजरसहित अरू छ जना काजाकहरूले उनीहरूलाई मालिकको बगैंचामा लिएर गए। म पनि उनीहरूको पछि लागें। तर आनिस्याले आफ्नो छातीको बच्चालाई आगनको बीचमा थपक्क राखिदिई र आफू चाहिं मालिकको पछि लम्किई । सेम्योन सबैभन्दा अगिल्तिर खोच्याउँदै हिंडिरहेको थियो र तबेलानेर पुगेपछि थचक्क भुइँमा बस्यो ।
“किन यहाँ अडिएको ? ” _ मालिकले सोधे ।
“बूटले खुट्टा पोल्दै छ। हिंड्नै सक्दिनँ ! ”-यति भनेर उ मुस्कुरायो ।
त्यसपछि उसले बूट फुकाल्यो र मेरो हातमा थमाइदियो ।
“लाउनोस्, जीबा ! तन्दुरूस्त रहनोस् ! त्यसमा डबल तलुवा हालिएको छ, ज्यादै नै जब्बर छ। ”- उसले भन्यो ।
मैले बूटहरू लिएँ र हामी फेरि हिंड्न थाल्यौं। जब हामी बगैंचाको पर्खालनेर पुग्यौं, काजाकहरूले दुबै दाजुभाइलाई पर्खालको भित्तामा उभ्याए र बन्दूकमा गोली भर्न लागे। मालिक नजिकै उभिइरहेका थिए र सानो नङ काट्ने कैचीले कुट कुट गर्दै लामो नङ काट्दै थिए। उनको हात निकै सफा र सेतो देखिन्थ्यो ।
“मालिक, निगाह होस् ! ” मैले – अनकनाउँदै भनें। – “ यिनीहरूले लगाइराखेको लुगासम्म त फुकालेर लिन दिइबक्सियोस् ! हामी गरीब-गुरूवाहरूको काम चल्छ। हामी ती लुगाफाटो लगाउन सक्छौं ! ”
“हुन्छ, फुकालेर लेऊ ! ”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१६ असार २०८३, मंगलवार 









