परिच्छेद -१४
पाहुनाहरूको स्वागत गर्दा-गर्दा काउन्टेस यति थाकेकी थिइन् कि उनले यसपछि आउने पाहुनाहरूलाई प्रवेश निषेध गर्ने आज्ञा दिएकी थिइन् । तर बधाई दिन आउनेहरूलाई उनले रात्रिभोजमा भने अवश्य आउनुहोला भन्ने पालेहरूद्वारा आदेश दिएकी थिइन् । काउन्टेस आफ्नी बाल्यकालकी संगिनी राजकुमारी अन्ना मिखायलोभ्नासँग एकान्तमा मुखामुख गरेर केही कुरा गर्न चाहन्थिन्, जसलाई उनले पिटर्सबर्गबाट फर्केपछि राम्रोसँग भेट्न पाएकी थिइनन् । आँसुले भिजे पनि प्रसन्न अनुहार लाएर अन्ना मिखायलोभ्ना एउटा कुर्सी तानेर काउन्टेसको नजिकै आएर बसी ।
“तिमीसँग म खुलेर जति पनि कुरा गर्न सक्छु,” अन्ना मिखायलोभ्नाले भनी ।
“हामी पुराना साथीहरू पनि अब धेरैजसो छैनौं । त्यसकारणले पनि म तिमीसँगको मित्रतालाई बढी महत्त्व दिन्छु ।”
अन्ना मिखायलोभ्ना वेरातिर हेँदै चुप लागी । काउन्टेसले आफ्नो सँगिनीका हात समाती रहिन् र जेठी छोरी वेरालाई “तिमी यहाँ कसले बोलाएर आयौ ? अलिकति बुद्धि छैन ! तुरुन्तै आफ्ना दिदीबहिनीहरू भए ठाउँमा जाऊ, होइन भने …” भन्दै हप्काइन् । वेरा आमाद्वारा अपमानित भए पनि मुस्कुराई तर उसले अनुहारमा खुसीको भाव किन्चित् मात्रामा प्रकट गरिन ।
“आमा, तपाईंले मलाई यो कुरा पहिले नै भन्नु भएको भए त म आउने नै थिइनँ नि,” उठेर आफ्नो कोठातिर जान लाग्दालाग्दै वेराले भनी ।
तर जाँदाजाँदै उसले दुइतिरका झ्यालमा छुट्टाछुट्टै दुई जोडी बसिरहेको देखी । ऊ टक्क अडिई र खिल्ली उडाउँदै मुस्कुराई । सोन्या निकोलाससँगै बसेकी थिई र निकोलास सोन्याका लागि आफूले जिन्दगीमा पहिलो पटक लेखेको कविता सारेर दिँदै थियो । बोरिस र नताशा अर्कोतिरको झ्यालमा बसेका थिए । उनीहरू वेरा आउनासाथ कुरा गर्न छोडेर चुपचाप लागे । सोन्या र निकोलास दुवैले आफूलाई कृतापराधी ठाने तापनि प्रसन्न अनुहार लगाउँदै सोन्यालाई हेरे ।
दुई बहिनी फुच्चीहरू यस प्रकार प्रेमसागरमा डुबिरहेको दृश्य आफैमा सुखद र मर्मस्पर्शी त थियो नै तर यसले वेराका. हृदयमा कुनै किसिमको रमाइलो र सुखद भावना तरंगित गर्न सकेन ।
“मेरो कोठाबाट मेरो कुनै चिज नचलाउनू भनेर सयौँ पटक भनेको. होइन मैले तिमीलाई ?” उसले भनी । “तिम्रो आफ्नो छुट्टै कोठा नभएको भए एउटा कुरो हो यतिभन्दै उसले निकोलासको हातबाट मसीदानी खोसी ।
“एकैछिन, एकैछिन,” निकोलासले मसिदानीमा कलम चोप्दै भन्यो ।
“जे कुरा पनि गलत समयमा गर्ने तिम्रो बानी नै खराब छ” वेराले थप्द गई ।
“तिमीहरूको कारणले त्यहाँ सबैलाई लाजमर्दो अवस्था सिर्जता भयो ।”
वेराले भनेको कुरा सही थियो, त्यसकारण कसैले मुख फकाउन सकनन् । बस, उनीहरू चारै जनाले एक आपसमा मुख हेराहेर गरे । वेरा पनि मसीदानी हातमा लिएर लुसिँदै कोठाभित्र छिरी ।
“यो उमेरमा तिमीहरू, नताशा र बोरिस अनि सोन्या र निकोलासलाई सम्बोधन गर्दै उसले भनी,” कुनै कुरा गोप्य रहन सक्छ ? वाहियात ।”
“तिमीलाई किन टाउको दुखाउनु पर्यो त ?” नताशाले नरम स्वरमा संवाद स्वरूप जवाफ फर्काई ।
त्यसदिन ऊ अरूबेला भन्दा सबैको नजरमा धेरै मायालु र दयालु देखिएकी थिई ।
“कस्तो मूर्ख कुरा गरेकी,” वेराले भती । “तिमीहरूको चाला देखेर मलाई लाज लाग्दै छ ।”
“जसको पनि आ-आफ्नो गोप्यता हुन्छ,” नताशाले अलि तात्दै जवाफ दिई । “हामी त तिम्रो र वेर्गको बारेमा कहिल्यै चासो लिँदैनौ ।”
“मेरो चरित्रमा कुनै किसिमको कसर छैन, त्यसकारण तिमीहरूले मेरो चियोचर्चो गरेर केही नाप्न सक्दैनौ । पर्खि न, तैले बोरिससँग कस्तो व्यवहार गरेकिछ्स्, मैले सबै कुरा आमालाई भन्दिन्छु ।”
“ताल्या इलिनिच्ना मसँग असाध्यै राम्रो व्यवहार गर्छिन्,” बोरिसले भन्यो । “उनीसँग मेरो कूनै किसिमको गुनासो छैन ।”
“तिमी चुपलाग, तिमी यस्तो डिप्लोम्याट छौ (त्यसताका केटाकेटीबीच यो शब्द जुन् चलनचल्तीमा थियो) कि मलाई दिक्क लाग्न थालेको छ,” नताशा चित्त दुखाउँदै कम्पित आवाजमा वोली, “अनावश्यक रूपमा यिनले मेरो खोइरो खनिरहेछन् ।”
“तिमीले यो कुरा कहिले पनि वुझन् सक्तिनौ,” वेरालाई सम्बोधन गर्दै नताशाले मुख खोली, “किनकि तिमीले कहिल्यै र कसैलाई प्रेम गरेकी छैनौ, तिमीसँग हृदय नै छैन । तिमी त मात्र एउटी मदाम दे जेनलिस हौ (अतिसय मुटु घाँच्ने अर्थ लाग्ने यो उपनाम वेरालार्इ निकोलासले दिएको थियो ) र अरूको दिल दुखाउनु नै तिम्रो लागि खुसीको कुरो हुन्छ । “तिमि जाऊ र बेर्गसँग मनलागि प्रेमलीला गर” नताशाले मुखबाट चुहाइहाली ।
” म पाहुनाहरूका मुखैअगाडि केटाको तिमीले पछि लागेर हिँड्ने केटी होइन । आखिर तिमीले आफ्नो मनको कुरो ओकलिछोड्यौ हगि ।” “मनपरी बोलेर । सबैको चित्त दुखायौ । जाउँ आफ्नो कोठातिर,” निहुँ खोज्ने शैलीमा निकोलास बोल्यो ।
डराएका चराहरूको झुण्डभझैँ चारै जना जराकजुरुक्क उठेर त्यहाँबाट हिँडे ।
“बरु तिमीहरूले नै मलाई मनपरी भन्यौ तर मैले कसैलाई केही भनेकी छैन,” वेराले भनी ।
“मदाम दे जेनलिस,” सँगैको कोठाबाट हाँसिरहेको आवाज आइरहेको थियो ।
नमीठा कुरा गरेर सबैको चित्त दुखाउने सुन्दरी वेरा मुस्कुराई र आफूप्रति गरिएको कटाक्षको वास्तै नगरेर ऐना भए ठाउँमा गई, आफ्ना केश र पछ्यौरा मिलाई । आफ्नो सुन्दर अनुहार हेर्दै ऊ भावशूत्य र शान्त भई ।
बैठक कोठामा अझैसम्म गफगाफ चल्दै थियो ।
“अहो ! मेरी प्यारी, मेरो जीवन पनि गुलाफको बिछौना होइन,” काउन्टेसले भनिन् । हामीहरू जुन किसिमले जिन्दगी चलाइरहेका छौँ त्यसकिसिमले धेरै दिन चलाउन सकिँदैन भन्ने मलाई थाहा छ किनकि हाम्रो श्रोत र साधन दिनदिनै घट्दै गइरहेको छ । क्लबहरूमा जाने र खास गरेर मेरो श्रीमानको रसरङ्ग गर्ने बानी नै यसको मुख्य कारण हो । गाउँमा जाँदा पनि हामीले फुर्सत पाउँदैनौ । त्यहाँ पनि नाटक, सिकार र यस्तै अनेक किसिमका शोखसयल गर्नु पर्छ । त्यसबाहेक पनि के के हुन्छ भगवान्लाई तै थाहा होला। तर हाम्रो कुरा छोडौं । तिमी आफ्नो व्यवस्था कसरी गरिरहिछौ मलाई पनि भन न । म त छक्क पर्छु अन्नेते, यो उमेरमा पनि तिमी बग्गीमा चढेर एक्लै कहिले मस्को कहिले पिटर्सबर्ग कसरी धाउन सक्छ्यौ ? मन्त्रीदेखि अन्य ठूल्ठूला मान्छेहरूलाई भेटेर काम पट्याएकै छ्यौ । यस्ता मानिसहरूसँग कसरी व्यवहार गर्नुपर्छ भन्ने पनि तिमीलाई राम्रोसँग थाहा छ । तिम्रो विशेषता थाहा पाउने जो सुकैलाई पनि आश्चर्य नलाग्ने कुरै हुँदैन । जस्तोसुकै काम-कुराको पनि कसरी टाकटुक बन्दोबस्त मिलाउँछयौ कुन्नि ? म भए त के सक्थेँ बरै !” । ”
“हेर, मेरी प्यारी !” अन्ना मिखायलोभ्नाले उत्तर दिई, “भगवानका कृपाले एउटा टुहुरो छोरो, भएकी म जस्ती गरिब महिला कसैलाई पनि विधवा हुन नपरोस् । ऊ गर्वसाथ भन्दै गई, “तर त्यस्तो अवस्थामा जीवनमा धेरै कुरा सिकिँदो रहेछ । एउटा मुद्दाले पनि मलाई धेरै कुरा सिकायो । जबम कुनै ठूलो मान्छेलाई भेद्न चाहन्छु, फलानी राजकुमारीले तपाईंलाई भेट्न चाहन्छिन् भनेर एउटा चिठी पठाउँछु । त्यसपछि म एउटा बग्गी लिन्छु र सम्बन्धित व्यक्तिसँग भेट नभएसम्म चार-पाँच पटके पनि धाइरहन्छु । उनीहरूले मलाई जेसुकै ठानून्- म त्यसको वास्ता गर्दिनँ ।
“बुझेँ, बोरिसलाई कोमार्फत् जागिर ख्वायौ ?” काउन्टेसले सोधिन् । तिम्रो छोरा त गार्ड रेजिमेन्टमा अफिसर भइसक्यो- तर मेरो छोरा निकोलास भने हस्सार रेजिमेन्टमा भर्खर प्रशिक्षार्थी सैनिक हुँदैछ । “उसका लागि चाकरी, चापलुसी र भनसुन गरी दिने मानिस पनि कोही छैन । तिम्रो छोरालाई कसले जागिर मिलाई दियो, भन त ?”
“राजकुमार भासिलीले । ज्यादै-दयालु मान्छे, मैले दु:ख देखाउनासाथ उहाँले तुरुन्तै हुन्छ भन्नु भयो र सम्राट्समक्ष सिफारिस गरिदिनु भयो,” आफूले यस काममा सफलता प्राप्त गर्न कृति अपमान सहनु पर्यो भन्ने कुरा बिर्सेर उसले उत्साहित हुँदै भनी ।
“राजकुमार भासिली पनि बुढा भइसके होलान् हगि ?” काउन्टेसले सोधिन् “रूम्यान्तसोभस् नाचघरमा सँगै अभिनय गरेदेखि मैले उनलार्इ आजसम्म भेटेकी छैन मलाई त उनले बिर्सिसके होलान् जस्तो लाग्छ । त्यौ जमानामा त उनी मेरो पछि निकै लागेका हुन्,” काउन्टेसले मुस्कुराउँदै भनिन् ।
“उनी अहिले पनि उस्तै प्रियदर्शन, उस्तै स्नेही र उस्तै मिजासिला छन्,” अन्ना मिखायलोभ्ताले भनी । उनको व्यवहारमा पदको घमण्ड शून्य छ। उनले मलाई राजकुमारी तपाईंको यति जाबो काम गरी दिएँ भनेर उल्टै दु:ख मनाउ गर्दै, म त तपाईंको जस्तोस्कै हकृम पनि मान्न तयार छु भनेर लाजमर्दो बनाए । वास्तवमा उती धेरै असल मानिस हुन् र नातेदार पनि । हेर नातली, मेरो छोरालाई म प्राणभन्दा प्यारा गर्छु ।
उसको खुसीका लागि म जे पनि गर्न सक्छु । तर मेरो आर्थिक अवस्था यति खराब छ कि मेरो जिन्दगी नै कष्टकर भएको छ,” दिक्क हुँदै सानो स्वरमा अन्ता मिखायलोभ्नाले भन्दै गई । “यो मेरो मुद्दाले मलाई हरिकङ्गाल बनाएर छोड्यो तर अहिलेसम्म कूनै प्रगति भएको छैन । तिमी साँच्चै पत्याउँछ्यौ भने मसँग अहिले एउटा फुटेको कौडी पनि छैन । मलाई बोरिसका लुगाहरू तयार गर्न कम्तीमा पाँच सय रुबल चाहिन्छ । तर मसँग जम्मा पच्चिस रुबल मात्र छ,” झोलाबाट रुमाल निकालेर आँसु पुछ्दै उसले भनी । म ठूलो
सङ्कटमा छु । मेरो एक मात्र आशाको दियो काउन्ट सिरिल व्लादिमिरोभिच बेजुकोभ हुन् । “उनले आफ्नो धर्मपुत्रलाई आर्थिक सहयोग गर्दैनन् भने- उनी बोरिसको धर्मपिता हुन् – र उसको गुजाराको लागि केही गर्दैनन् भने मैले अहिलेसम्म गरेको परिश्रम व्यर्थ हुनेछ । म आफ्नो छोराको बर्दी सिलाउने खर्च गर्न सक्ने अवस्थामा छैन ।
काउन्टेसका आँखा आँसुले भरिए । उनले मनमनमा केही सोच्न थालिन् ।
“पाप नलागोस्, म त यस्तो सोच्छु,” काउन्टेसले भनिन्,- काउन्ट बेजुकोभको कोही छैन । उनी एकलै छन् तर उनको सम्पत्ति भने अथाह छ -उनको जीवन पनि के जीवन ? उनको जीवन उनको लागि एउटा बोझ हो तर बिचरा बोरिसको जीवन त भर्खर सुरु हुँदै छ … ।”
“उनले बोरिसका लागि केही न केही त अवश्य गर्ने छन्,” काउन्टेसले भनिन् । “त्यो त भगवान् जानोस्, प्यारी ! यी धनाढ्य घरानियाँहरू असाध्यै स्वार्थी हुन्छन् । जे होस्, म बोरिसलाई पनि सँगै लिएर उनीकहाँ जान्छु र सोझो कुरा गर्छु । कुरा काट्नेहरूले काटिरहून्, मेरो छोराको भविष्य नै अन्धकार हुन्छ भने मैले उसको लागि जेसुकै गरे पनि केही फरक पर्दैन ।” “अहिले दुई बज्यो । तिम्रो भोजको कार्यक्रम चार बजेतिर सुरु होला- म आइपुगिहाल्छु ल ।”
समपको । सदुपयोग, कसरी गर्नु पर्छ भनेर जान्ने पिटर्सबर्गकी एउटी व्यवहारिक महिला जस्तै अन्ना मिखायलोभ्नाले छोरालाई बोलाउन पठाई र उसलाई लिएर डबलीभित्र छिरी ।
“ढोकासम्म पुन्याउन आएकी ‘काउन्टेसलाई दुईघन्टा पछि फेरि भेटौँला भन्दै छोराले नसुनोस् भनेर काउन्टेसको कानैमा गएर फुस्फुसाई,” मेरो सफलताको कामना गर । अहिले म जान्छु ।
“मेरी प्यारी, के तिमी काउन्ट सिरिल व्लादिमिरोभिचकहाँ जादैछ्यौ ।” भान्छाघरबाट निस्केर डबलीतिर पस्दै काउन्टले सोधे र फेरि थपे -“काउन्टलाई सन्चै रै’छ भने पियेरेलाई हाम्रो भोजमा डाक्नू । ऊ बेलाबेलामा यहाँ आउने गर्थ्यो र केटाकेटीहरूसँग नाच्ने गर्थ्यो । उसलाई निम्तो दिन नबिर्सनू है प्यारी ! हेरौँ, आज तारासले कस्तो चर्तिकला गर्दोरहेछ । उसको भनाइअनुसार आज हामीहरूकहाँ हुन लागेको जस्तो भोज काउन्ट ओर्लोभकहाँ कहिल्यै पनि हुँदैन रे ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
३१ जेष्ठ २०८३, आईतवार 









