अध्याय आठ

बुक अफ मिरदाद
सात साथीहरूले गुफामा मिर्दादलाई भेट्छन् । जहाँ उनले तिनीहरूलाई अन्धकारमा काम नगर्न चेतावनी दिन्छन् ।
नरोन्डा: त्यो दिन म र मिकायन बिहानको प्रार्थनामा गएका थिएनौँ । हाम्रो अनुपस्थितिको बारेमा थाहा पाएपछि शमदाम धेरै दुःखी भए । उनले हामी राति मिर्दादलाई भेट्न गएको थाहा पाए । तैपनि उनले आफ्नो असन्तुष्टि व्यक्त गरेनन् । बरू उपयुक्त समयको प्रतीक्षा गरिरहे ।
बाँकी साथीहरू हाम्रो व्यवहार देखेर निकै आक्रोशित भए । उनीहरू यसको कारण जान्न चाहन्थे । कसै कसैले सोचे कि हामीलाई मिर्दादले प्रार्थनामा नजान सल्लाह दिएका छन् । अरू केही साथीहरूले उनको परिचयको बारेमा जिज्ञासा राख्दै भने कि, मिर्दादले हामीलाई आफ्नो वास्तविक रूप देखाउनको लागि राति आफूकहाँ बोलाएका थिए । गोप्य रूपमा डुङ्गामा चढ्ने मिर्दाद नै हुन् भनी पत्याउन कोही तयार थिएनन् । तर सबैजना उनलाई भेट्न र धेरै विषयमा प्रश्न सोध्न निकै उत्सुक थिए ।
नोआको डुङ्गामा रहँदा र आफ्नो कर्तव्यबाट मुक्त हुँदा कालो खाडलको किनारमा रहेको गुफामा समय बिताउने मिर्दादको बानी थियो । यो गुफालाई हामीले आ–आफ्ना आवश्यकता भन्यौँ । त्यो दिउँसो शमदाम बाहेक हामी सबैले त्यहाँ उनको खोजी गर्यौँ । अन्ततः उनलाई ध्यानमा डुबेको भेट्टायौँ । उनको अनुहार चम्किरहेको थियो । आँखा उठाएर हामीलाई हेर्दा झन् उज्यालो अनुहार देखियो ।
मिर्दाद: कति छिट्टै आफ्नो गुँड भेट्टाएको । मिर्दाद तिमीहरूको लागि यस कार्यबाट निकै खुसी छ ।
अविमारः हाम्रो गुँड एउटा डुङ्गा हो । यो गुफा नै हाम्रो गुँड हो भनी कसरी भनौँ ?
मिर्दाद: डुङ्गा कुनै समय गुँड थियो ।
अविमार : अनि आज ?
मिर्दाद : काश ! सर्प र मुसाको घर मात्र ।
अविमार: हो, नवौं खुसीमा मिर्दादको आठौं मुसा ।
मिर्दाद: रमाइलो गर्न कति सजिलो छ । बुझ्न कति गाह्रो छ । तर जोकरले सधैँ यसलाई मजाक बनाएको छ । जिब्रोलाई अनावश्यक समस्यामा किन पारिरहने ?

मिखाइल नाइमी
अविमार: तिमी हामीलाई मोलहिन भन्दै बोलाउछौ र हाम्रो खिल्ली उडाउछौ । यो नामको लागि हामीले के गर्यौँ र ? के हामीले नोआको ज्वालालाई जलाएर राखेका छैनौँ ? के हामीले यो डुङ्गा बनाएका छैनौँ ? जुन कुनै समय गरिब भिखारीहरूको झुपडी थियो । के हामीले यसलाई सबैभन्दा धनी दरबारभन्दा अझ धेरै धनी बनाएका छैनौँ ? के हामीले यो शक्तिशाली साम्राज्य नबन्दासम्म यसको सीमाना टाढा-टाढा सम्म विस्तार गरेका छैनौँ ? निस्सन्देह ! हामी इच्छाको गोरेटो खन्नेहरू बीचको मुकुटको रत्न हौँ ?
मिर्दाद: नोआको ज्वाला जलिरहेको छ । तर वेदीमा मात्र । यदि तिमी आफै वेदी बन्दैनौ र तिम्रो हृदय इन्धन र तेल बन्दैन भने, अतः यो ज्योतिबाट तिमीलाई के फाइदा हुन्छ ?
डुङ्गा अहिले सुन र चाँदीले भरिएको छ । त्यसकारण यसको जोर्नीहरू चर्किरहेको छ । यो डगमगइरहेको छ । डुब्नको लागि तयार छ । जबकि मातृ डुङ्गा जीवनले भरिएको थियो । त्यहाँ कुनै निष्क्रिय शब्दहरू थिएनन् । त्यसैले सागर यसको विरुद्धमा शक्तिहीन थियो ।
निर्जीव बोझबाट सावधान रहनु । मेरा साथीहरू हो ! आफ्नै आवाजमा गहन विश्वास भएको व्यक्तिको लागि सबै चिज निर्जीव बोझ हो । उसले संसारलाई आफूभित्र राख्छ । तर संसारको बोझ बोक्दैन ।
म तिमीलाई भन्छु, यदि तिमीले आफ्नो सुन र चाँदी समुद्रमा फ्याँकेर डुङ्गालाई हलुका पारेनौ भने, उनीहरूले तिमीलाई समुद्रको पिँधतिर तान्नेछन् । जुन वस्तुलाई मानिसले बलियोसँग समात्छ । त्यही वस्तुले उसलाई पनि समात्छ । तिमी तिनीहरूको पकडबाट बच्न चाहन्छौ भने, आफूसँग भरएका सबै चीज आफ्नो पकडमा नराख्नु ।
कुनै पनि चीजको मूल्य नराख्नु । साधारण चीज पनि अमूल्य हुन्छ । तिमी रोटीको मूल्य राख्छौ । किन सूर्य, वायु, पृथ्वी, सागर र मानिसको पसिना र चतुरताको कदर गर्दैनौ ? जो बिना रोटी उत्पादन हुन सक्दैन ।
कुनै पनि कुराको मूल्य नराख्नु । नत्र तिमीले आफ्नो जीवनको मूल्य लगाउछौ । मानिसको जीवन उसले मूल्यवान ठानेको वस्तु भन्दा धेरै मूल्यवान हुँदैन । होसियार ! आफ्नो वहुमूल्य जीवनलाई सुन जस्तो सस्तो नठान ।
तिमीले डुङ्गाको सीमानालाई धेरै माइल टाढासम्म विस्तार गरेका छौ । पृथ्वीको सीमानासम्म फैलाए पनि तिमी सीमाभित्र नै रहिरहन्छौ । मिर्दादले तिमीलाई अनन्तताको वरिपरि रेखा कोरेर यस रेखाबाट तिमीलाई पार गर्न चाहन्छ । महासागर पृथ्वीमा बसेको एउटा थोपा मात्र हो । तर पनि यो आफ्नो सीमानामा रहिरहन्छ । यसलाई घेरेर बस्छ । तर मानिस त्यो भन्दा पनि अनन्त सागर हो । यस्तो मूर्ख नबन कि, मान्छेको शिरदेखि पैतालासम्म नापेर उसको सिमानामा पुगिसक्यौँ भनी नसोच्नु ।
अविमारले भनेजस्तै प्वाल खन्न सक्नेहरूमध्ये तिमी नेता हुन सक्छौ । तर अन्धकारमा काम गर्ने तिल जस्तै । यसको भूलभुलैया जति जटिल छ, त्यति नै उसको अनुहार सूर्यबाट टाढा छ । मलाई तिम्रो भूलभुलैया थाहा छ । तिमी मुठ्ठीभरको प्राणी हैनौ र ? तिमी भन्छौ कि संसारका सबै प्रलोभनहरूबाट मुक्त भएर ईश्वरमा समर्पित हुन चाहन्छु । तैपनि संसारसँग जोडिने तिम्रो बाटोहरू बाङ्गो र अँध्यारो छन् । के मलाई तिम्रो भावना थाहा छैन र ? के तिम्रो थकान र असन्तुष्ट आवाजहरू सुन्दिनँ र ? के म तिम्रो ईर्ष्याहरू तिम्रै ईश्वरको वेदीमा घस्रिरहेको देख्दिन र ? तिमी मुट्ठीभरको प्राणी भएपनि, अहो ! त्यो मुट्ठीमा कति ठूलो भीड छ !
यदि साँच्चै नै, तिमीले भनेजस्तै भारदारहरूमध्ये तिमी सबैभन्दा जेठो हुन्थ्यौ भने, धेरै अघिदेखि नै तिमीले पृथ्वीमा मात्रै नभएर सूर्य र आकाशमा घुम्ने हरेक ग्रह-उपग्रहहरूबाट समेत आफ्नो बाटो खनिसक्थ्यौ ।
खुर र पञ्जालाई आफ्नो अँध्यारो बाटो खन्न देऊ । तिमीले आफ्नो राजमार्ग फेला पार्न आँखा झिमक्याउन आवश्यक पर्दैन । यस गुँडमा बस । तिम्रो दिव्य कल्पनालाई उड्न देऊ । त्यो पथविहीन अस्तित्वको अद्भुत खजानासम्म पुग्नको लागि उहाँ तिम्रो दैवी मार्गदर्शक हुनुहुन्छ । जुन तिम्रो राज्य हो । बलियो र निडर हृदयले आफ्नो पदचापलाई पछ्याउनु । उहाँको पाइलाको छाप सबैभन्दा टाढाको तारामा रहनेछ । यो तिम्रो लागि हो । यसमा यस्तो आकर्षक संकेत हुनेछ कि, तिम्रो जरा पहिले नै त्यहाँ गाडिएको छ । तिमीले कुनै चीजको कल्पना गर्न सक्दैनौ । जुन पहिलेदेखि नै तिमीभित्र छैन । वा त्यो तिम्रो भाग होइन ।
रुख आफ्नो जराभन्दा बाहिर फैलिन सक्दैन । तर मानिसले आफ्नो जरा असीमित रूपमा फैलाउन सक्छ । किनभने उसको जरा अनन्तमा छ ।
आफ्नो लागि सीमारेखा कोर्न बन्द गर । बरू फैलिरहनु । जब सम्म त्यहाँ कुनै संसार छैन । जहाँ तिमी हुँदैनौ । सम्पूर्ण संसार, जहाँ सम्म तिमी संयोगवश नहुञ्जेल विस्तार गरिरहनु । फैलाइरहनु । ताकि जहाँ तिमी आफैँलाई भेट्छौ । ईश्वरको लागि आफ्नो प्रेम फैलाइरहनु । फैलिरहनु ।
अन्धकार यस्तो आवरण हो, जसमा कुनै दृष्टि छिर्न सक्दैन भन्ने विश्वास बोकेर अन्धकारमा कुनै पनि काम नगर । अन्धकारसँग अन्धो भएका मानिसहरूलाई त लाज लाग्दैन भने, कम्तीमा चमेरोलाई कसरी लाज लागोस् ।
यहाँ अन्धकार छैन । मेरा साथीहरू हो ! संसारमा हरेक जीवित प्राणीको आवश्यकता पूरा गर्न प्रकाशको मात्रा कम वा बढी हुन्छ । दिनको खुला प्रकाश अमर (फिनिक्स) चराको लागि गोधुली छाया हो । तिम्रो कालो रात भ्यागुताको लागि उज्यालो दिन हो । यदि अन्धकारको आवरण आफै हट्छ भने, अरू कुनै चीजको आवरण कसरी हुन सक्छ ?
केही ढाक्ने प्रयास नगर । यदि अरू केही चीजले तिम्रो रहस्य प्रकट गर्दैन भने, बुझ्नु कि तिनीहरूको धेरै आवरण छन् । ढक्कनले भाँडो भित्र के छ ? थाहा पाउँछ ? धिक्कार छ ! सर्प र कीराहरूले भरिपूर्ण भाँडोले आफ्नो ढक्कन उठाउँदा कस्तो दुर्दशा हुन्छ ?
म तिमीलाई भन्छु । तिम्रो हृदयभित्र वायु नपसी, तिम्रो हृदयको गहन रहस्य बाहिरी वायुमा निस्कन सक्दैन । कुनै पनि आँखाको क्षणिक झलक यस्तो छैन कि जसले आफ्ना सबै चाहना, डर, मुस्कान र आँसुहरू बोकेको नहोस् । एउटै सपनाले कुनै पनि ढोकामा प्रवेश गरेको छैन । जसको मदतमा अन्य सपनाहरूले अरू कुनै ढोकाहरू ढकढक्याएको छैन । त्यसैले तिमी कस्तो देखिन्छौ भन्ने कुरामा सावधान रहनु । ध्यान दिनु । तिमीले कुन कुन सपनाहरू देख्यौ ? कुन कुनलाई आफ्नो यात्रामा राख्छौ ? नोट गर ।
तिमी यसलाई पूरा हुन देऊ ।
यदि तिमी चिन्ता र पीडाबाट मुक्त हुन चाहन्छौ भने, मिर्दादले तिमीलाई खुसीसाथ बाटो देखाउनेछ ।
*अमरपंक्षी (फिनिक्स) इजिप्टको पौराणिक चरा । जो ५०० वर्ष बाँच्थ्यो भन्ने आहान छ । जब यो आगोमा जल्छ तब धेरै लामो जीवन विताएर मर्छ । यसको खरानीबाट नयाँ फिनिक्सको जन्म हुन्छ ।
अध्याय नौ
पीडा रहित जीवनको बाटो । साथीहरू जान्न चाहन्छन् कि नोआको जहाजमा गोप्य रूपमा प्रवेश गर्ने मिर्दाद नै थिए
मिकास्टार: हामीलाई बाटो देखाऊ ।
मिर्दाद: चिन्ता र पीडाबाट छुटकारा पाउने उपाय यो हो । “विचार गर कि तिम्रो हरेक विचारलाई आकाशमा आगोले कोरेको छ । ताकि यसलाई हरेक प्राणी र चीजले देख्न सकुन् । वास्तवमा सत्य यही हो ।
“तिमीले के भन्छौ भन्ने सुन्नलाई, सारा संसार हतारिदै एउटा कान तिमीतिर लम्काउदै छ जस्तो गरी बोल्नू । वास्तवमा यो अति सत्य छ ।
“तिम्रो हरेक कार्य तिमीमै फिर्ता आउँदैछ जस्तो व्यवहार गर । वास्तवमा यो सत्य हुन्छ ।
“इच्छा तिमी आफैंमा चाहना जस्तै हो । वास्तवमा तिमी सत्य छौ ।
“तिम्रो ईश्वर आफैँले आफ्नो जीवन जिउनको लागि तिम्रो आवश्यकता छ जस्तो गरी बाँच । वास्तवमा उहाँले यो गर्नुहुन्छ ।”
हिम्बल: अनि कहिलेसम्म हामीलाई भ्रममा राख्छौ मिर्दाद ? तिमी हामीसँग यसरी कुरा गर्छौ, जस्तो कि अरू कसैले हामीसँग कुरा गरेको छैन । न त हामीले कुनै पुस्तकमा यसको बारेमा पढेका छौँ ?
बैनून: मलाई भन कि तिमी को हौ ? ताकि हामीले तिम्रो कुरा कुन कानले सुन्नुपर्छ भनेर जान्न सकौँ । यदि तिमी गोप्य रूपमा नोआको जहाजमा चढेका हौ भने, हामीलाई यसको केही प्रमाण देऊ ।
मिर्दाद: तिमी सही छौ बैनून । तिम्रो कान धेरै छन् । त्यसैले तिमी सुन्न सक्दैनौ । यदि तिमीसँग एउटा मात्र कान छ र जसले बुझ्यो भने, तिमीलाई कुनै प्रमाणको आवश्यकता पर्दैन ।
बैनून: नोआको जहाजमा गुपचुप प्रवेश गर्ने मानिस संसारको बारेमा निर्णय गर्न आउनुपर्छ । हामी जहाजका बासिन्दाहरूले पनि निर्णय गर्न ऊ सँग बस्नुपर्छ । के हामीले न्यायको दिनको लागि तयारी गर्नुपर्छ ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२८ जेष्ठ २०८३, बिहीबार 








