साहित्यपोस्ट-नपढी सुखै छैन...
एल.बी. क्षेत्री आजीवन सदस्य

एल.बी. क्षेत्री

0 रचनाहरू

कविडाँडा साहित्य समाजका अध्यक्ष एवम् चितवनका अग्रज साहित्यकार एल.बी. क्षेत्री नेपाली र अंग्रेजी दुबै भाषामा कलम चलाउनु हुन्छ । उहाँको पहिलो कृतिका रूपमा कथासंग्रह ‘त्रिशंकुको देशमा’ (२०६४) सार्वजनिक भएको थियो । त्यसपछि उहाँका कवितासंग्रह ‘भीडमा हराएको मान्छे’ (२०७१) कवितासङ्ग्रह, कथासंग्रह ‘ईन्द्रमायाको देशमा’ (२०७१), कथासंग्रह ‘व्रतभङ्ग’ (२०७५), कविता र कथाको संयुक्त सङ्ग्रह ‘द करिडोर अफ सेन्सेस’ (२०७८) प्रकाशित भइसकेका छन् । २०४४ सालदेखि वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरबाट शिक्षण सेवा शुरु गर्नुभएका क्षेत्री त्यही कलेजको प्रमुखसम्म बन्नुभयो । शिक्षणसँगै साहित्यमा पनि सक्रियता बढाउनुभएका क्षेत्री शिक्षण पेशाबाट निवृत्तपछि पूर्ण रूपमा साहित्यसेवी बन्नुभयो । उहाँले कविडाँडा साहित्य समाजमार्फत प्रत्येक वर्ष उत्कृष्ट आख्यान कृतिलाई प्रदान गरिने पुरस्कारको स्थापनासमेत गर्नुभएको छ ।

यस लेखकका कुनै रचना फेला परेन।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.