आजीवन सदस्य कुमाराज सुवेदी
0 रचनाहरू
कुमाराज सुवेदी (सन् १९७६) नेपाली र अङ्ग्रेजी दुवै भाषामा सिर्जना गर्ने कवि, अनुवादक तथा शिक्षाविद् हुनुहुन्छ । हाल उहाँ दक्षिण अष्ट्रेलियाको एडिलेडमा बसोबास गर्दै आउनुभएको छ । ब्रिटिस तथा अमेरिकन साहित्य र TESOL विषयमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएका सुवेदी टेफ एसएमा अध्यापनरत हुनुहुन्छ । उहाँका कवितामा प्रकृति, स्मृति, बसाइँसराइ, पहिचान, देशप्रेम, मानवता र सामाजिक यथार्थका विविध आयाम संवेदनशील ढङ्गले अभिव्यक्त भएका छन् । सरल, प्रभावकारी र भावपूर्ण भाषाशैली उहाँका सिर्जनाको विशेषता हो । उहाँका रचनाहरू नेपाली र अङ्ग्रेजी दुवै भाषाका कवितासङ्ग्रह, साहित्यिक पत्रिका तथा समीक्षात्मक प्रकाशनहरूमा प्रकाशित हुनुका साथै अरबी, बंगाली, भियतनामी, कोरियाली, असमिया, ग्रीक, इटालियन, चिनियाँ, उज्बेक, स्पेनी र इन्डोनेसियाली भाषामा अनूदित भएका छन् । उहाँका प्रकाशित कृतिमा गैंडाको अन्तरआत्मा (अङ्ग्रेजी अनुवाद, २०१३) र The Colors of Spring (अङ्ग्रेजी कवितासङ्ग्रह, २०२२) प्रमुख छन् । साहित्यिक योगदानका लागि उहाँ बंगलादेश, इजिप्ट, कोलम्बिया, मेक्सिको, अष्ट्रेलिया, भियतनाम र भारतबाट प्रदान गरिएका विभिन्न अन्तर्राष्ट्रिय साहित्यिक सम्मान तथा पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।
(+61 451198055)
यस लेखकका कुनै रचना फेला परेन।
