साहित्यपोस्ट-नपढी सुखै छैन...

गोविन्दबहादुर मल्ल 'गोठाले'

4 रचनाहरू

गोविन्द बहादुर मल्ल “गोठाले” नेपाली भाषाका चर्चित साहित्यकार हुनुहुन्छ। ऋद्धिबहादुर मल्ल र आनन्दमायाबाट काठमाडौँको पुरानो भन्सारमा वि. सं. १९७९ असार २९ जन्मिनुभएका जयबहादुर मल्लको साहित्यिक नाम गोविन्दबहादुर मल्ल गोठाले हो । उहाँले सिद्धिचरणबाट लेख्ने, रिमालबाट आधुनिक बन्ने र देवकोटाबाट लगनशील बन्ने प्रेरणा पाएको कथन प्रचलित छ । उहाँका कथा, उपन्यास र नाटक प्रकाशित छन् ।

उहाँ नेपालको प्रख्यात साहित्यिक पत्रिका शारदाका सम्पादक समेत हुनुहुन्थ्यो । शारदा पत्रिका उहाँका बुवा ऋद्धिबहादुर मल्लले स्थापनना गर्नुभएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ, नेपाल प्रेस काउन्सिलका सदस्य, निर्वाचन आयोगका सदस्यका रूपमा उहाँले विविध भूमिका निभाउनु भएको थियो ।

उहाँको पल्लो घरको झ्याल, अपर्णा, पियानानीजस्ता उपन्यास लेख्नुभयो भने भुसको आगो, च्यात्तिएको पर्दा, दोष कसको छैन, भोको घरजस्ता नाटकहरू सिर्जनासँगै मञ्चन पनि गर्नुभयो ।

उहाँका कथैकथा, प्रेम र मृत्यु, बाह्रकथा, जङ्गबहादुर र हिरण्यगर्भकुमारीजस्ता कथा सङ्ग्रह प्रकाशित भएका छन् ।

उहाँले विभिन्न पुरस्कारहरू प्राप्त गर्नुभएको थियो, जसमध्ये गोरखा दक्षिण बाहु दोस्रा, त्रिभुवन प्रज्ञा पुरस्कार, भवानी साहित्यिक पत्रकारिता पुरस्कार, वेदनिधि पुरस्कार, सर्वश्रेष्ठ रचना पुरस्कार, पहलमानसिंह स्वाँर पुरस्कार तथा सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार आदि रहेका छन् ।

उहाँको २०६७ मंसिर २७ मा ८९ वर्षको उमेरमा निधन भएको थियो ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.