साहित्यपोस्ट-नपढी सुखै छैन...
गणेश खड्का आजीवन सदस्य

गणेश खड्का

0 रचनाहरू

गणेश खड्का भोजपुरमा जन्मिनुभएका नेपाली साहित्यकार, नाटककार, रङ्गकर्मी तथा सम्पादक हुनुहुन्छ । हाल सेसेल्सको फ्रिगेट आइल्याण्डमा कार्यरत उहाँले धनकुटा बहुमुखी क्याम्पसबाट शिक्षाशास्त्र (नेपाली र अङ्ग्रेजी साहित्य) मा स्नातक गर्नुभएको छ । वि.सं. २०४९ सालदेखि साहित्य लेखनमा सक्रिय उहाँ नाटक, कथा, कविता, गीत, गजल, निबन्ध, नियात्रा तथा समसामयिक लेखनमा निरन्तर साधनारत हुनुहुन्छ । उहाँका प्रकाशित कृतिमा थिएटर र आँखाहरू, हिउँले आगो पगालेर, किलिमन्जारो (सम्पादन), किलिमन्जारो–२ (सम्पादन) तथा नक्सामा नभएको देश रहेका छन्।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएका उहाँ हाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय उपाध्यक्ष तथा साहित्यपोस्टका अफ्रिका महादेश संयोजक हुनुहुन्छ । साहित्यसँगै रङ्गकर्ममा पनि सक्रिय उहाँले नाटक लेखन, निर्देशन र अभिनयका साथै पत्रकारिता तथा शिक्षण क्षेत्रमा समेत योगदान दिनुभएको छ । नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाद्वारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव-२०१२ को प्रथम पुरस्कारसहित अनेसास कविता महोत्सव, श्रम साप्ताहिक उत्कृष्ट वर्ष साहित्यकारलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट उहाँ सम्मानित हुनुभएको छ ।

यस लेखकका कुनै रचना फेला परेन।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.