साहित्यपोस्ट-नपढी सुखै छैन...
बाबा न्यौपाने आजीवन सदस्य

बाबा न्यौपाने

0 रचनाहरू

बाबा न्यौपाने नेपाली कथाकार तथा पूर्वनिजामती प्रशासक हुनुहुन्छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–३, न्यौपाने गाउँमा जन्मिनुभएका उहाँ हाल भक्तपुर र ललितपुरमा बसोबास गर्दै आउनुभएको छ । वि.सं. २०२९/३० देखि साहित्य सिर्जनामा सक्रिय उहाँको पहिलो प्रकाशित कथा डायरी एउटा बौलाहाको गोरखापत्रको शनिवारीय परिशिष्टमा प्रकाशित भएको थियो । उहाँका बैंसको आकाश (२०५६) र दोस्रो प्रहर (२०६२) कथासङ्ग्रह साझा प्रकाशनबाट प्रकाशित छन् । निजामती सेवाका क्रममा विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत रहँदा उहाँले साहित्यिक गतिविधिको प्रवर्द्धन, साहित्यिक पत्रिका प्रकाशन, सुदूरपश्चिमाञ्चल साहित्य पुरस्कार स्थापना तथा भाषासेवी महानन्द सापकोटाको सालिक निर्माणजस्ता उल्लेखनीय कार्यको नेतृत्व गर्नुभएको थियो । साहित्यिक योगदानका लागि उहाँ भक्तपुर साहित्यिक समाज, सुदूरपश्चिमाञ्चल साहित्य समाज तथा लघुकथा समाजद्वारा सम्मानित हुनुभएको छ । उहाँ सुदूरपश्चिमाञ्चल साहित्य समाजका मानार्थ सदस्य, साहित्यपोस्ट तथा नेपाल स्रष्टा समाजका आजीवन सदस्य लगायत विभिन्न सामाजिक, साहित्यिक र सांस्कृतिक संस्थासँग आबद्ध हुनुहुन्छ ।

यस लेखकका कुनै रचना फेला परेन।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.