कुश्मा / आन्तरिक तथा बाह्य पर्यटनको प्रशस्त सम्भावना बोकेको भिन्न भिन्न भाषा संस्कृति, भौगोलिक बनावट र पछिल्लो समयमा जिपलाइन, बन्जी लगाएतका साहसिक क्रियाकलापका लागि चर्चित ठाउँ पर्वत जिल्लाको सदरमुकाम कुश्मामा अवस्थित हार्नेस जिपलाइन प्रा.लि.सँग प्रभु बैंकले विशेष छुट सम्झौता गरेको छ ।
यसका साथै साहसी पदमार्गीहरूमाझ लोकप्रिय गन्तव्य, भिन्नभिन्न भाषा संस्कृति, भौगोलिक बनावट भएको लमजुङ जिल्लाको सदरमुकाम बेसिसहरमा अवस्थित गेट वे हिमालय रिसोर्ट प्रा.लि.सँग पनि प्रभु बैंक लिमिटेडबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरू लक्षित गरी उपलब्ध सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक समारोहका बीच हार्नेस जिपलाइन प्रा.लि.का तर्फबाट प्रबन्ध निर्देशक सुनिल थापा, गेट वे हिमालय रिसोर्ट प्रा.लि. तर्फबाट सन्चालन प्रबन्धक नकुल गिरी र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा हार्नेस जिपलाइन प्रा.लि. मा उपलब्ध विभिन्न प्रकारका जिपलाइन, जाइन्ट स्विङ, कालिगण्डकीमा राफ्टिङ लगायतका सेवाहरूमा १० प्रतिशत छुट प्राप्त गर्ने भएका छन् ।
हार्नेस जिपलाइन प्रा.लि, पछिल्लो तीन वर्षदेखि सञ्चालनमा आएको र छोटो समयमा नै धेरै साहसीलाई आकर्षित गर्न सफल भएको देखिन्छ । यस्तै गेट वे हिमालय रिसोर्ट प्रा.लि. मा उपलब्ध आवासमा २० प्रतिशत र खाना र मनोरञ्जन लगायतका सेवाहरूमा १० प्रतिशत छुट प्राप्त गर्ने भएका छन् ।
गेट वे हिमालय रिसोर्ट प्रा.लि, पछिल्लो एक दशकदेखि सञ्चालनमा आएको बेशिसहर जिल्लाकै सुविधा सम्पन्न रिसोर्टको रुपमा परिचित पाइन्छ तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटिएम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई “बिश्वास लिन्छौं बिश्वास दिन्छौं” मूल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।