
अन्तर्राष्ट्रिय ग्वालियर साहित्य उत्सव- २०२२ मा भाग लिन नेपाली सात लेखक अगष्ट २७ मा ग्वालियर पुगेका छन्। उद्धभव स्पोर्ट्स एण्ड कल्चरल एसोसिएसनको आयोजनामा आदिइत्यादि समूहको संयोजनमा अनिल श्रेष्ठ, पुरु लम्साल, आकाश अधिकारी, उषा के.सी., ओमकुमारी बञ्जारा रानाभाट, जानकी कुँवर र दिवाकर भट्टराई भारतको ऐतिहासिक तथा साँस्कृतिक सहर ग्वालियर पुगेका हुन्।
भाषा साहित्यले विश्वलाई जोडेको र हरेक भाषा र साहित्यको मर्म फरक नहुने आदिइत्यादि समूहका संयोजक पुरु लम्सालले बताउनुभयो।
विश्वका विभिन्न देशबाट ग्वालियर साहित्य उत्सव- २०२२ मा भाग लिन यतिबेला ग्वालियर पुग्ने लेखक साहित्यकारको उपस्थिति बाक्लो छ। साहित्य उत्सव २०२२ अगष्ट २७ देखि सुरु भएर ३० गतेसम्म चल्नेछ। नेपालको पर्यटकीय स्थलको प्रचारप्रसार साथै भाषा संस्कृतिको विषयमा विशेष जोड दिने अनिल श्रेष्ठले बताउनुभयो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 






