
राजु प्रधान “हिमांशु” (खरसाङ)
बोल्नेको तिखो मुख थुन्नु कहाँ सकिन्छ र
पापको भीडमा पुण्य चुन्नु कहाँ सकिन्छ र
जेजति छ र पनि सन्तुष्ट हुँदैन लोभी मन
रिसको हल्लामा धैर्य सुन्नु कहाँ सकिन्छ र
उचाइमा पुगे पनि हुन सकेन भरोसाको कदर
फाटेको मनमा माया तुन्नु कहाँ सकिन्छ र
नातामा शङ्काले आस्थाको धागो चुँडाएपछि
मित्रताको जालो फेरि बुन्नु कहाँ सकिन्छ र
समाधानका लागि वार्ता नै रहेछ बलियो सूत्र
युद्धमात्र गरेर शान्ति गुन्नु कहाँ सकिन्छ र
डाउहिल,खरसाङ (भारत)



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१४ असार २०८३, आईतवार 









