धुवाँले धमिलो
शहरतिर
आँधीको सङ्केत
मृत्यु–घण्टामा कम्पित समय ।
क्षीण नदी
पहाडले खसालेका ढुङ्गाहरूका
आर्तनाद
धूसर आकाश
महानगरको फोहोरको
थुप्रोमा
सभ्यताको दाम्भिक झण्डा
जङ्गलका जन्तुहरू
जन–अरण्यमा आतुर ।
दौडको कस्तो मायावी नशा !
नशामा हराएको छ
बाँचिरहने मादकता ।
हाँसो फुल्ने ओठहरू
मुसे दौडमा फिक्का परेका छन् ।
पारिजात फूल बटुलेका
दिनहरू
केवल सम्झना मात्र भइरहे
साउनले ल्याउन सक्ला र ?
असोजको खेतसम्म लहर ।
बलौटे बगरमा जराजीर्ण स्मृति ।
यहाँ एउटा नदी थियो ।
मूल असमिया पर्या–कविता: मिना देवी बरुवा
अनुवाद: डा. देवेन सापकोटा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
डा. देवेन सापकोटा
२०७८ फाल्गुन ८ ०६:०१
२८ जेष्ठ २०८३, बिहीबार 









