(लघुकविता)
तिमी नदेखेरै माया बसेको मान्छे
लाग्थ्यो – एक पटक देख्न पाए हुन्थ्यो
पक्कै तिमी हिमालजस्तै थियौ होला
मिर्मिरेको किरणजस्तै थियौ होला
खप्तडको नागीजस्तै थियौ होला
या गुराँसको डालीजस्तै थियौ होला
तिमी उदाउन बाँकी नै थियौ – अस्तायौ
सिर्जनामा खुल्न बाँकी नै थियौ – बिलायौ
डालीमा फुल्न बाँकी नै थियौ – ओइलायौ
तिमी बमको धुवाँले छोपिँदै
बङ्करको भग्नावशेषमा
एक घुट्को पानी नपाएर तड्पिरहँदा
कसको मन तड्पिएन होला!
बिचरा कर्णाली –
आँखामा आँसु र काखमा सागर राखेर
अहिले पनि स्तब्ध छ, विक्षिप्त छ
प्रिय विपिन – के म तिमीलाई
परदेश, पीडा र प्यास भनेर बुझूँ?



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१४ असार २०८३, आईतवार 










