लघुकविता

छिनको छिनमा
कहिले कसैलाई खुसी दिने
कहिले कसैलाई पीडा दिने
क्रिकेट खेलको मोड र घुम्ती
कत्तिखेर कहाँ मोडिन्छ
कहाँ घुम्छ
कसैलाई अत्तोपत्तो नहुने रहेछ।

हरेक बलले कसको भाग्य उचाल्छ,
र कसको भाग्य पछार्छ
न बललाई थाहा हुन्छ न ब्याटलाई,
न खेलाडीलाई न दर्शकलाई ।
बस… उडे पनि गुडे पनि
जिन्दगी जस्तै आशा निराशाबीच दौडिरहने रहेछ।

यो खेलको मजा नै बेग्लै
मान्छेकै जीवनशैली जस्तै।
कहिले जिते जस्तो लाग्दालाग्दै
हार पनि हुने रहेछ
र कहिले हारे जस्तो लाग्दालाग्दै
जीत पनि हुने रहेछ।