महाराज युधिष्ठिर राजसूय यज्ञ गर्ने तरखरमा थिए ।

सो उद्देश्यका लागि समस्त पृथिवीमा आफ्ना बाहुबलले विजय प्राप्त गर्ने संकल्प अर्जुनका मनमा उठेको थियो । त्यसै बेला राजभवनमा महर्षि वेदव्यासको शुभागमन भयो । स्वागत–सत्कारको क्रम सम्पन्न भइसकेपछि वेदव्यासले अर्जुनलाई सम्बोधन गर्दै भन्नुभयो :

साधु साध्विति कौन्तेय दिष्ट्या ते बुद्धिरीदृशी

पृथिवीमखिलां    जेतुमेकोऽध्यवसितो भवान् ।। सभापर्व,२५,दा.

हे कुन्तीनन्दन अर्जुन, तिमीलाई वारंवार साधुवाद दिन्छु सौभाग्यले गर्दा तिम्रो मनमा यस्तो सत्संकल्प उब्जिन गयो तिमी यो सारा पृथिवीलाई एक्लै जित्नका निम्ति उत्साहित भएका छौ

राजा पाण्डु धन्य थिए जसका पुत्र तिमी यस्ता पराक्रमशाली भयौ अब तिम्रा पराक्रमले धर्मपुत्र महाराज युधिष्ठिर समस्त पृथिवीको एकच्छत्र सम्राट् बन्नेछन् तिम्रै बाहुबलको सहायताले युधिष्ठिरले राजसूय यज्ञ सम्पन्न गर्नेछन् भगवान् श्रीकृष्णको उत्तम नीति, भीम अर्जुनको बल तथा नकुल सहदेवका पराक्रमले धर्मराज युधिष्ठिरले सकल वस्तु प्राप्त गर्नेछन्

अनि महर्षि वेदव्यासले आज्ञा दिनुभयो :

प्राचीं भीमो बलश्लाघी  प्रयातु भरतर्षभ :

याम्यां नत्र दिशं यातु   सहदेवो महारथः

प्रतीचीं नकुलो गन्ता वरुणोनाभिपालिताम्

एषा मे नैष्ठिकी बुद्धिः क्रियतां भरतर्षभाः मभा, सभा, २५ दा.

दिग्विजयका लागि हे अर्जुन, तिमी उत्तर दिशातिर प्रस्थान गर   भीमसेन पूर्व दिशातिर, महारथी सहदेव दक्षिण दिशातिर अनि नकुल पश्चिम दिशातिर प्रस्थान गरुन्, यसैमा मेरो निष्ठापूर्ण मत रहेको

महर्षि वेदव्यासको यसै वचनलाई शिरोपर गरी चारै भाइ दिग्विजयका लागि प्रस्थान गरे ।

यसै अनुसार अर्जुनले अनेक देशका अधिपतिका साथै प्राग्ज्योतिषपुरका राजा भगदत्तमाथि विजय प्राप्त गरे । उत्तरदिशातिर बढ्दै जाँदा विभिन्न पर्वतीय प्रदेशमाथि विजय प्राप्त गर्दै किम्पुरुष, हाटक र उत्तरकुरुमाथि आधिपत्य जमाएर प्रशस्त सम्पदा लिई अर्जुन इन्द्रप्रस्थ फर्किए । भीमसेन पूर्वदिशाका बहुसंख्यक देशमाथि विजय प्राप्त गरेर प्रशस्त धनधान्यको सौगातका साथ फर्किए । सहदेवले दक्षिण दिशातिर र नकुलले पश्चिम दिशातिर रहेका राष्ट्रहरूमाथि विजय प्राप्त गरे ।

अब राजसूय यज्ञको तरखर शुरु भयो । समस्त धरामा रहेका राजाहरूका साथै विशिष्ट क्षत्रियवीरहरू एवम् समस्त ब्राह्मणवर्ग र सर्वसाधारण प्रजाजनलाई यज्ञमा निमन्त्रित गरियो । तिनलाई राजसी सुख–सुविधाका साथ रहने खाने बस्ने व्यवस्था गरियो । राजा युधिष्ठिरले त्यस यज्ञमा सबैलाई एक–एक कामको जिम्मेदारी सुम्पिएका थिए । भोजनसामग्रीको देखभाल र वितरणको व्यवस्था हेर्ने काममा दुःशासन खटिए । ब्राह्मणवर्गको स्वागत सत्कारमा गुरुपुत्र अश्वत्थामा नियुक्त भए । राजाहरूको स्वागत सत्कारको कार्यभार  सञ्जयको भागमा पर्‍यो । कुन–कुन काम भयो, कुन–कुन काम भएन भनेर रेखदेख गर्ने जाँचबुझ पदाधिकारीद्वय भीष्मपितामह र गुरु द्रोणाचार्य बनाइए । उत्तम रत्न र मणि–माणिक्यको जाँच परख एवम् राखन–धरन गर्ने र दान–दक्षिणाको व्यवस्था मिलाउने काममा गुरु कृपाचार्य नियुक्त गरिए । समस्त धर्मका ज्ञाता विदुरजी आय–व्यय विभागका पदाधिकारी बने । राजा दुर्योधन समस्त अतिथि राजाहरूको सौगात ग्रहण गर्ने र व्यवस्थित रूपले थन्क्याउने काममा नियुक्त भए ।

भगवान् श्रीकृष्णले स्वेच्छया आगन्तुक ब्राह्मदेवगणको पाद–प्रक्षालन गर्ने सेवा–कार्य जिम्मा लिनुभयो ।

यसरी समस्त कार्य अत्यन्त सुव्यवस्थित रूपले सम्पन्न हुन लाग्यो । यसै बीच सबैका आदरणीय भीष्मपितामहले युधिष्ठिरलाई सम्बोधन गर्दै भन्नुभयो :

आचार्यमृत्विजं चैव संयुजं युधिष्ठिर

स्नातकं प्रियं प्राहुः षडघ्र्यार्हान् नृपं तव मभा, सभा, ३६,२२

हे महाराज युधिष्ठिर, अब तिमी यहाँ आएका विशिष्ट अतिथिगणको यथायोग्य सत्कार गर आचार्य, ऋत्विक्, सम्बन्धी, स्नातक, प्रिय मित्र तथा राजा यी प्रकारका व्यक्तिलाई अर्घ्य समर्पण गरेर पूजा गर्ने शास्त्रीय मान्यता अब हे महाराज, यिनीहरूमध्ये जो सर्वश्रेष्ठ शक्तिशाली उसैलाई तिमी सर्वप्रथम अर्घ्य समर्पित गरेर पूजाऽऽरम्भ गर

बिलखबन्दमा पर्दै युधिष्ठिरले पितामहलाई सोधे :

त्यसोभए कसलाई सर्वप्रथम अर्घ्य समर्पित गरुँ हजुर ?

भीष्मपितामहले भन्नुभयो :

एष ह्येषां समस्तानां  तेजोबलपराक्रमैः

मध्ये तपन्निवाभाति ज्योतिषामिव भास्करः

असूर्यमिव सूर्येण निर्वातमिव वायुना

भासितं ह्लादितं चैव कृष्णेनेदं सदो हि : मभा, सभा, ३६अ, २८ २९

हे कुन्तीनन्दन, निःसन्देह भन्न सक्दछु : भगवान् श्रीकृष्ण नै अग्रपूजाका निम्ति सर्वोपरि योग्य हुनुहुन्छ यहाँ समुपस्थित सबै राजवर्गका बीचमा फ्नो तेज, बल पराक्रमले उहाँ यसरी देदीप्यमान हुनुहुन्छ जसरी ग्रहनक्षत्रगणका बीच भगवान् श्रीसूर्य अँध्यारो स्थान सूर्योदय भएपछि जसरी ज्योतिले जग्मगाउँछ, वायुहीन स्थान वायुसञ्चारले जसरी प्राणवान् बन्दछ यसैगरी भगवान् श्रीकृष्णद्वारा नै यो हाम्रो सभा आह्लादित प्रकाशित भइरहेको

अनि भीष्मजीको आज्ञा पाएर कान्छा पाण्डव सहदेवले भगवान् श्रीकृष्णलाई विधिपूर्वक उत्तम अर्घ्य समर्पण गरेर सभक्ति पूजा गरे । श्रीकृष्णले त्यो सस्नेह स्वीकार गर्नुभयो । समस्त सभामा अपार हर्ष छायो ।

..

तर, यो कुरा चेदिराज शिशुपाललाई फिटिक्कै मन परेन । अनि त्यो महासभामा क्रोधले थर्–थर् कामेर उसले यसरी सबैलाई आक्षेप लगाउँदै कटुवचन बोल्न शुरु गर्‍यो :

नायमर्हति वाष्र्णेयस्तिष्ठत्स्विह महात्मसु

महीपतिषु कौरव्य राजवत् पार्थिवार्हणम् मभा,सभा, ३७अ

हे कौरव्य, यहाँ यी महात्मा बडेबडे राजाहरू हुँदा हुँदै यी वृष्णीवंशी कृष्ण राजोचित प्रथम पूजाका योग्य पटक्कै हुन सक्दैनन्

सबैलाई थाहा कि यदुवंशी कृष्ण राजा होइनन् तैपनि तिमीहरू कसरी तिनको पूजा गरिरहेछौ ? सबैभन्दा बूढालाई पुज्ने भए यिनका पिता वसुदेवलाई पो पुज्नुपर्थ्यो अथवा तिमी पाण्डवहरूका सबैभन्दा हितैषीलाई पुज्ने भए राजा द्रुपदलाई पो पुज्नुपर्थ्यो

यसरी आपत्ति जनाउँदै अन्त्यमा ज्यादै फोहोरी पाराले श्रीकृष्णको घोर अपमान गर्दै शिशुपालले भन्यो :

आफू अयोग्य हुँदा हुँदै पनि यी कायरहरूले गरेको अग्रपूजा तिमीले किन ग्रहण गरेका ?

अयुक्तामात्मनः पूजां त्वं पुनर्बहु मन्यसे

हविषः प्राप्य निष्यन्दं प्राशिता श्वेव निर्जने

त्वयं पार्थिवेन्द्राणामपमानः प्रयुज्यते

त्वामेव कुरवो व्यक्तं प्रलम्भन्ते जनार्दन ।। मभा, सभा, ३७अ, २७,२८श्लो

जसरी कुकुरले एकान्त कुनामा चुहिएको अलिकति हविष्य चाट्न पायो भने पनि आफूलाई धन्य मान्दछ तेस्तै तिमी पनि आफूलाइै पटक्कै नसुहाउने पूजा ग्रहण गरेर निकै ठूलो भएँ भन्ठानिरहेका छौ वास्तवमा तिम्रो अग्रपूजाले हामी राजाधिराजहरूको कुनै अपमान हुने होइन, तर यी कुरुवंशी पाण्डवहरूले तिमीलाई नै ठगिरहेका छन् नपुंसकलाई बिहा गरिदिएर, अन्धालाई ऐना देखाएर अपमान गरेजस्तै तिमीजस्ता राज्यहीनलाई महाराजाधिराजलाई झैं अग्रपूजा गर्नु भनेको तिम्रो खिल्ली उडाउनु नै हो तिमी भने तैपनि गजक्क परेर बसेका छौ

शिशुपालका यस्ता अभद्र वचन सुनेर सारा सभा क्षुब्ध भयो । भीष्मपितामहले उठेर भगवान् श्रीकृष्णको भगवत्ता र पूजनीयतामाथि प्रकाश पार्दै भन्नुभयो :

अस्यां हि समितौ राज्ञामेकमप्यजितं युधि

पश्यामि महीपालं सात्वतीपुत्रतेजसा

हि केवलमस्माकमयमच्र्यतमोऽच्युतः

त्रयाणामपि लोकानामर्चनीयो महाभुजः ।। मभा, सभा, ३८अ, ,९श्लो

भगवान् श्रीकृष्ण नै यस जगत्मा हरेक दृष्टिले पूजनीय हुनुहुन्छ राजाहरूको यस सभामा एक जना पनि त्यस्तो राजा देखिरहेको छैन जो देवकीनन्दन श्रीकृष्णका तेजले पराजित नभएको होस् महाबाहु श्रीकृष्ण हाम्रा मात्र होइन, तीनै लोकमा सबैका पूजनीय हुनुहुन्छ

अनि भीष्मपितामहले भगवान् श्रीकृष्णका दिव्य स्वरूपको भव्य बयान गर्दै उही परमात्माका मानवाकृति श्रीकृष्ण हुनुहुन्छ भन्ने कुरा स्पष्ट पार्दै भगवान्का दशावतारको विस्तृत वर्णन गर्नुभयो ।

तर शिशुपालमाथि भने त्यसको विपरीत नै प्रभाव पर्‍यो । उसले भीष्मपितामहलाई नै ढोंगी भनेर आक्षेप लगाउन लाग्यो । भीमसेनलाई युद्धका निम्ति ललकार्न लाग्यो । भीम क्रुद्ध भएर तत्काल शिशुपालमाथि जाइलाग्न तैयार भए । अनि भीष्म पितामहले भीमसेनलाई शान्त तुल्याएर, शिशुपालको विपरीत–मति हुनाको कारण स्पष्ट पार्दै उसको जन्म–वृत्तान्त यसरी सुनाउनुभयो :

चेदिराज दमघोषका कुलमा जब यो शिशुपाल जन्मियो त्यसबेला यसका तीन आँखा चार हात थिए यसले रुनुको सट्टा गधाको जस्तो विकृत स्वरमा गर्जना गर्न लागेको थियो त्यो भीषण गर्जना सुनेर यसका आमाबाबु भाइबन्धुहरू सबै डरले थर्कमान भए यसको विकराल आकृति देखेर त्यागिदिने निश्चय पनि गरे तर त्यसैबेला यस्तो आकाशवाणी भयो :

हे राजन्, तपाईंको यो पुत्र श्रीसम्पन्न एवम् महाबली हुनेछ अहिले यसको मृत्युसमय आएको छैन, काल नै उपस्थित भएको यसलाई मृत्यु प्रदान गर्ने व्यक्ति अन्यत्र नै जन्मिसकेको

यो कुरा सुनेर यसकी आमाले सोधिन् :

यसरी अदृश्य भएर बोल्ने जो कोही भए पनि उसलाई प्रणाम गर्दछु अब  मलाई यथार्थ रूपमा भनिदिनुहोस् मेरो छोराको मृत्युको निमित्त को बन्नेछ ?

फेरि त्यस्तै आकाशवाणी ध्वनित भयो :

जसले काखमा लिएपछि पाँचमुखे सर्पजस्ता पाँचै औंला भएका यसका दुवै फाल्टु हातहरू पृथ्वीमा गिर्नेछन् जसलाई देख्नासाथ यसको तेस्रो आँखा पनि ललाटमै विलीन हुनेछ त्यही व्यक्ति यसको मृत्युको कारण बन्नेछ

यसको अनौठो रूपाकृति हेर्न भनेर भूमण्डलका सारा नरेशहरू चेदिराज दमघोषका दरबारमा आएका थिए । उनले पनि ती सबैका काखमा यसलाई राखिदिएका थिए । हजारौं राजाहरूका काखमा यसलाई राखियो तर कतैबाट पनि अनिष्टकारी संकेत आएन । अन्तमा बलराम र श्रीकृष्ण पनि उत्सुकतावश त्यहाँ पुग्नुभयो । यसकी आमा श्रुतश्रवाले दुवै वीरलाई यथोचित आदर सत्कार गरेर श्रीकृष्णका काखमा यसलाई राखिदिइन् । काखमा राख्नासाथै हेर्दाहेर्दै यसका दुवै हात झरे र तेस्रो आँखा पनि विलीन भयो । यो देखेर माता भयभीत बनिन् र श्रीकृष्णसँग पुत्रको जीवनरक्षाका लागि भीख मागिन् । श्रुतश्रवा श्रीकृष्णकी फुपू थिइन् । श्रीकृष्णले अभयदान दिंदै भन्नुभयो :

फुपू, यसरी नडराउनुहोस् तपाईं नै भन्नुहोस् के वर दिऊँ ? तपाईंको कुन कार्य सिद्ध गरिदिऊँ ? सम्भव असम्भव जे भए पनि तपाईंका वचनको पालन अवश्य गरुँला

उनले भनिन् :

हे महाबली यदुकुलतिलक श्रीकृष्ण, तिमीले मेरा लागि यस शिशुपालका सबै अपराधहरू क्षमा गरिदिनू, मेरा लागि यही एकमात्र मनोवाञ्छित वर हुनेछ

अनि श्रीकृष्णले भन्नुभयो :

अपराधशतं क्षाम्यं मया ह्यस्य पितृष्वसः

पुत्रस्य ते वधाऽर्हस्य मा त्वं शोके मनः कृथाः मभा, सभा, ४३अ,२४श्लो

अन्तमा भीष्मपितामहले भन्नुभयो :

यसै कारण हे वीरवर भीमसेन, यो मन्दबुद्धि शिशुपाल श्रीकृष्णले दिएका वरदानले उन्मत्त बनेर युद्धका लागि तिमीलाई ललकारिरहेछ

यी कुरा सुनेर हतबुद्धि शिशुपाल भीष्मपितामहमाथि अशिष्ट वचन बोल्न लाग्यो । अन्त्यमा श्रीकृष्णलाई नै भन्नु नभन्नु सबै भनिसकेर युद्धका निम्ति ललकार्न लाग्यो, अनि श्रीकृष्णले त्यहाँ समुपस्थित समस्त राजगणलाई सम्बोधन गर्दै भन्नुभयो :

हे राजाहरू हो, यो शिशुपाल हुन हाम्रै यदुकुलकी चेलीको छोरो हो तर हामीसँग सदा शत्रुता नै राख्दछ यद्यपि हामी यादवहरूले यसको कुनै अपराध गरेका छैनौं तर पनि यो क्रूरात्मा सधैं हाम्रा अहितमा नै लागिरहन्छ यसका अपराधको कुनै गिन्ती नै छैन पहिले जब हामी प्राग्ज्योतिषपुर गएका थियौं त्यसबेला यस दुरात्माले मेरै पिताजीको भाञ्जो भइकन पनि द्वारकामा आगो लगाइदियो एकपटक राजा उग्रसेन रैवतक पर्वतमा क्रीडा गरिरहेका बेला यसले उनका सबै सेवकहरूलाई मारेर बाँकी सबैलाई कैद गरेर फ्ना नगरतिर लगेको थियो अर्कोपटक मेरा पिताजीले अश्वमेध यज्ञ गर्न भनेर घोडा छोड्नुभएको थियो त्यसलाई यसै दुष्टले चोरेर लगिदियो यतिमात्र हो ? एक पटक यसले तपस्वी बभ्रुकी पत्नीलाई नै अपहरण गर्यो फेरि अर्को पटक करुषराजलाई पाउन भनेर तपस्या गरिरहेकी फ्नै मामाकी छोरी भद्रालाई यस क्रूरकर्माले मायावी रूप धारण गरी करुषराजै बनेर अपहरण र्‍यो यस्ता अनेकौं अपराध गरे तापनि फ्नी फुपूलाई दिएको वचन विनम्रतापूर्वक पालन गरेर चूपै रहेको थिएँ तर आज यसले अहंकारवश समस्त राजाहरूको यस सभामा मप्रति जुन दुर्व्यवहार गरेको त्यो क्षमा गर्नेवाला छैन अब यो मर्नका लागि नै मसँग जोरी खोजिरहेको

यति भनिसकेर भगवान् श्रीकृष्णले मनैमन दैत्य–गर्व–विनाशक आफ्नो प्रिय सुदर्शन चक्रको स्मरण गर्नुभयो । तत्काल त्यो दिव्य तेजोमय चक्र चमचमाउँदै श्रीकृष्णका औंलामा प्रकट भएर तीव्रतासाथ घुम्न लाग्यो । अनि फेरि श्रीकृष्णले उच्चस्वरमा भन्नुभयो :

यहाँ बसेका सबै राजाहरूले सुनून् कि मैले अहिलेसम्म यसका सबै अपराध किन क्षमा गरेको थिएँ ? मैले यसकी आमालाई के वचन दिएको थिएँ भनेशिशुपालका सय अपराधहरू क्षमा गर्नेछु त्यो वचन मैले पूर्णतः पालन गरेको छु अब यसका सय अपराध पूरा भइसकेका छन्, अतः तपाईंहरू सबैले हेर्दाहेर्दै आज अहिल्यै यसको यहीं वध गर्दछु

एवमुक्त्वा यदुश्रेष्ठश्चेदिराजस्य तत्क्षणात्

व्यपाहरच्छिरः कु्रद्धश्चक्रेणाऽमित्रकर्षण : मभा, सभा, ४५अ, २५श्लो

यति भनिसकेर क्रुद्ध बनेका शत्रुहन्ता यदुकुलतिलक भगवान् श्रीकृष्णले सुदर्शन चक्र प्रयोग गर्नुभयो । त्यस चक्रले विद्युत् वेगमा गएर तत्काल शिशुपालको शिरच्छेदन गरिदियो ।

महाबाहु शिशुपाल वज्राहत पर्वतसरि पलभरमा धराशायी हुन पुग्यो । त्यसपछि भयो– एक महान् आश्चर्यको घटना । सबैले के देखे भने चेदिराज शिशुपालको भूमिसात् शरीरबाट एक दिव्य तेजोराशि निस्किएर अन्तरीक्षमा उठ्यो, त्यस मानवाकृति तेजोराशिले विश्ववन्दित कमलनयन भगवान् श्रीकृष्णलाई विनीतभावले प्रणाम गर्‍यो, अनि तत्काल उहाँकै शरीरमा त्यो समाहित भयो ।

अनभ्रे प्रववर्ष द्यौः पपात ज्वलिताऽशनिः

कृष्णेन निहते चैद्ये चचाल च वसुन्धरा ।। मभा, सभा, ४५अ, २९ श्लो ।

अन्त्यमा महाभारतको उद्घोष छ : श्रीकृष्णद्वारा शिशुपालको वध भएपछि पृथिवीमा कम्प भयो, आकाशबाट विनाबादलकै वर्षात् हुन लाग्यो र विकट कडक्का साथ आकाशमा बिजुली चम्चमाउन लाग्यो ।

…….

महाभारत सभापर्व,

२०८२ साल श्रावण ३० गते शुक्रवार,

ॐ अक्षरालयः ।