म तिम्रो कलाले रुवायो र रोएँ
र सुमधुर गलाले रुवायो र रोएँ

न उम्रिन्छ पसिना मनग्गे गरामा
म आफ्नै खलाले रुवायो र रोएँ

जवानी फिँजाएर तान्यौ सुटुक्क
त्यो छद्मी भलाले रुवायो र रोएँ

थोपा आँसुको झन् पीडा हो पोखिन्छ
जीवनभर थलाले रुवायो र रोएँ

नफुल्दा हियामा खुसी भर्ने फूल
घडी औ पलाले रुवायो र रोएँ ।

नीलम, मालारानी, अर्घाखाँची