नेपाल विम फोरम (NBIMF) र नेपाल जलविधुत एशोसियसन (NHA) द्रारा विश्व बैंकको सहयोगमा ‘नेपालमा बीआईएम सम्मेलन २०२४’ शीर्षकमा एकदिने सम्मेलन आयोजना गरेको हो । कार्यक्रमको मुख्य विषय “कसरी कुशल र लागत प्रभावकारी निर्माण प्रक्रियामा डिजिटल प्रविधि “BIM” सहायता गर्न सक्छ” भन्ने हो। पुल्चोकस्थित स्क्वायर होटलमा भएको कार्यशालामा विज्ञहरुले प्रस्तुत गरेका थिए ।
यस कार्रयक्रमा अपर अरूण जलविधुत योजनाको योजना प्रमुख, परामर्रशदाता ट्ररयाक्टेल कम्पनि, नेपाल विम फोरमका अध्यक्ष, सल्लाहकार, निर्माण व्यवसाय महासंघका प्रतिनिधि, अन्तराष्ट्रिय स्तरका विम विज्ञहरूले समेत प्रस्तुतीकरण तथा मन्तव्य राख्नु भएको थियो । समग्र विमको प्रयोगवाट नेपालको जलविधुत क्षेत्रमा कसरी प्रयोगमा ल्याउन सकिन्छ र कसरी फाइदा लिन सकिन्छ भनेर व्यापक वहस, प्रस्तुतीकरण तथा छलफल भएको थियो ।
डिजिटल प्रविधिको प्रयोग गर्न मुख्यत: माइन्डसेटमा परिवर्तन ल्याउन जरूरी देखिएको विज्ञ सुनिल सुवाल वताउनुभयो र गोष्ठीको निष्कर्ष समेत रहेको छ । डिजिटल प्रविधि प्रयोग गरि लाइडर सर्भे, भवन निर्माणको डिजाइनमा विमको प्रयोग नेपालमा समेत भइरहेको नेपाल विम फोरम तथा विम सम्वन्धि कार्य गर्ने परामर्शदाताले प्रस्तुतीकरणा मार्फत जानकारी गराउनुभएको थियो ।
विम तथा नविन प्रविधिको खोज अनुसन्धान, अध्ययन तथा प्रयोगमा सहयोग गर्न गैर नाफामुलक संस्था नेपाल विम फोरम संस्था सधै सहयोग गर्ने कुरा नेपाल विम फोरमका अध्यक्ष संकल्प पोखरेलले प्रतिवद्रता जनाउनुभयो । यसै गरि नेपाल जलविधुत एशोसियसन तथा विश्व बैंकको प्रतिनिधिले समेत डिजिटल प्रविधिको प्रयोग सम्वन्धि महत्वका मन्तव्य राख्नु भएको थियो ।
करिव ढेड सय हाराहारीमा विभिन्न क्षेत्रका इन्जिनियर, डेभलपर्स, परामर्शदाता, निर्माण क्षेत्रका सरोकारवाला संस्थाका प्रतिनितधि समेत कार्यक्रममा सहभागी भएका थिए । यस भन्दा अगाडी नेपाल विम फोरम तथा सहरी विकास तथा भवन निर्माण विभाग र ट्रिम्वल कनेक्टद्वारा पाँच वर्ष अगाडी पहिलो पटक डिजिटलाइजेशन इन नेपालको नारा सहित पहिलो सम्मेलन सपलतापूर्वक सम्पन्न भएको थियो । यस पटक गरिएको यो सम्मेलन दोस्रो प्रयास रहेको छ ।
यस कार्यक्रममा उल्लासपूर्वक सहभागीले थप डिजिटलाइजेशन तथा विम सम्वन्धि कार्य गर्न नेपाल विम फोरमलाइ अगाडी वढ्न थप प्रेरणा मिलेको नेपाल विम फोरम नेपालका पूर्व अध्यक्ष महेश कार्की वताउनुहुन्छ । कार्यक्रमले नेपालको निर्माण क्षेत्रमा विशेषत जलविधुत लगायत निर्माण क्षेत्रमा हुने लागत वढ्ने, निर्माण कार्यको ढिलाइ, डिजाइन त्रुटी तथा जोखिम व्यवस्थापन समेतलाइ यस विम प्रविधिले सहयोग गर्ने यस गोष्ठीको निचोड रहेको छ ।