जानु काङबाङ लिम्बुद्वारा रचित जिन्दगीलाई जतन गरी राख्न सकिनँ कि… गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ ।
गीतमा मकर योञ्जनको स्वर रहेको छ । मकर पछिल्लो भ्वाइस अफ नेपाल सिजन फाइभको फाइनलिस्टहरूमध्ये एक हुनुहुन्छ ।
गीतमा सजन राईको सङ्गीत रहेको छ । प्रज्ञा स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतका संयोजक किरण कँडेल हुनुहुन्छ ।
गीतकार जानु भन्नुहुन्छ, ‘अरु गीतहरू, अरुकै चाहनाअनुसार लेखिरहेकी हुन्छु । केही गीत भने आफ्ना लागि लेखिन्छन् । यो गीत आफ्नै लागि लेखिएको हो ।’
भावनात्मक गीतहरू असाध्य मन पराउने र लेख्दा सन्तुष्टि पाउने जानुको यो गीतलाई साजन राईले तीन वर्षअघि नै संगीत गर्नुभए पनि रेकर्ड गर्ने अवसर जुरेको थिएन ।
लामो समय उपेक्षित भएकाले स्वयं गीतकारले समेत बिर्सिसक्नु भएको थियो । पछि “भोइस अफ नेपाल”को ब्लाइण्ड अडिसनमा मकर योञ्जनले “के लत बस्यो” बोलको गजल गाइरहेको देखेपछि जानुलाई आफ्नो उपेक्षित गीतको याद आयो ।
त्यसपछि रेकर्डिङको प्रक्रिया अघि बढ्यो । गीतका सारा प्रक्रिया र सुन्दर रेकर्डिङपछि गीत जुन रूपमा बनेको छ, त्यसबाट आफू ज्यादै प्रभावित भएको गीतकार जानु बताउनुहुन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 





