वाह !
स्याबास !
क्या बात !
उनी चुपचाप छिन् ।
केही थान सपनाहरु थाती राखेर
बटुल्दै छिन् औंस-औंस साहसहरु ।
पर कतै सुरिलो धुन बज्दा
गुनगुनाई दिउँ कि झैँ गर्छिन् ।
काठमाडौंको झिलीमिलीसँगै
नाचिदिउँ कि झैँ गर्छिन् ।
वाह !
स्याबास !
क्या बात !
भनिदिने कोही भैदिएको भए
असरल्ल कापीमा छरेर भावना
महाकाव्य नै पो लेख्थिन् ।
तर, लडाईं बाँकी छ र पो
बबरमहलतिरै लडिरहेकी छिन्
उही हाम्री प्यारी
तिम्री-मेरी
‘गौशाला’ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
कृष्ण ढुङ्गेल
२०८० बैशाख २७ ०७:०१
कला-साहित्यलाई दिग्गजकै दृष्टिबाट मात्रै हेरिनुपर्छ भन्ने छैन – अमनप्रताप अधिकारी
साहित्यपोस्ट
२०८१ जेष्ठ २१ ०३:३४
१४ असार २०८३, आईतवार 








