शिरै राख्ने सिरानीमा पापी पाउ परेपछि
आफैँलाई मेटाएर घाती घात गरेपछि।

पूर्वतिर झुल्के घाम नउदाउँदै तिमी गयौ
सम्झनाको सिरानीमा नबिर्सने याद भयौ।
स्मृतिको इतिहासमा कसै गरी नमेटिने
खण्डहर मात्रै रह्यो, तिमी नाउ तरेपछि।

नियतिको कोर्रा खाँदै इतिहासको साक्षी बनेँ
थातथलो छाडी भाग्ने उपहासको लाछी बनेँ ।
स्वर्णयुगको गीतले पोल्छ भग्न गाउँ मरेपछि
अलिखित इतिहासमा घाती पाउ परेपछि ।