जति पर देखे पनि- नदेखिने रैछ
मन घोच्ने काँडाहरू
पैह्रो झरिसकेपछि – नछेकिने रैछ
खुशी बोक्ने डाँडाहरू
आफैँ देख्ने सपना पनि
कस्तो देख्छु – ज्ञान हुन्न रैछ
देखे जस्तो सपना बुन्न
विपनामा तान हुन्न रैछ
ज़िन्दगीमा जे जे हुन्छ
थाहै नपाई हुन्छ
जत्ति होस गरे पनि
आपत आउने बाटो
जिन्दगीलाई थाहा हुन्न रैछ
न समुद्रलाई थाहा हुन्छ
आफूभित्र सुनामीको बास
न धरतीलाई नै थाहा हुन्छ
आफूभित्र भूकम्पको नास ।
चैनपुर, संखुवासभा
हाल: मैतीदेवी, काठमाडौँ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१५ असार २०८३, सोमबार 




