जति पर देखे पनि- नदेखिने रैछ
मन घोच्ने काँडाहरू
पैह्रो झरिसकेपछि – नछेकिने रैछ
खुशी बोक्ने डाँडाहरू

आफैँ देख्ने सपना पनि
कस्तो देख्छु – ज्ञान हुन्न रैछ
देखे जस्तो सपना बुन्न
विपनामा तान हुन्न रैछ
ज़िन्दगीमा जे जे हुन्छ
थाहै नपाई हुन्छ
जत्ति होस गरे पनि
आपत आउने बाटो
जिन्दगीलाई थाहा हुन्न रैछ

न समुद्रलाई थाहा हुन्छ
आफूभित्र सुनामीको बास
न धरतीलाई नै थाहा हुन्छ
आफूभित्र भूकम्पको नास ।

चैनपुर, संखुवासभा
हाल: मैतीदेवी, काठमाडौँ