जसले माउको दुध बिर्सिएर
दुबोको स्वादसम्म
राम्ररी थाहा पाएकै छैन
जसले खेल्दै रमाउँदै उफ्रिनु बाहेक
जिन्दगीको अन्य यथार्थ भोगेकै छैन
या भनौँ – जसले जिन्दगीमा
माउको मायाबाहेक
दुनियाको क्रोध र ईर्ष्या जानेकै छैन
त्यो अबोध शिशु पाठो – आज
बलिको मौलोमा बाँधिएको छ

म चुपचाप
त्यो पाठो भन्दा निरीह भएर
हृदय कोतरेर टोलाई रहेछु

मान्छेको स्वार्थ र धोका था’नभएको
बिचरो पाठो… ।

चैनपुर , संखुवासभा
हाल: रातोपुल, काठमाडौँ