ससाना खोला खोल्चा पनि
बगरको बस्ती छिचोलेर
आन्दोलनमा उठेपछि
एउटा सिंगै समुद्र बन्दोरहेछ
कमसेकम समयमै – बुझ्नेले बुझ्नुपर्छ
जति फोहोरले थिचेपनि सह्यो भन्दैमा
जति ढल मिसे पनि बह्यो भन्दैमा
हेपिएका ससाना खोला खोल्चाहरू
सधैँ कहाँ शान्त बसेको हुँदारैछन् र !
आफ्नो स्वाभिमानको सीमा
सजिलै कहाँ बिर्सेको हुँदो रैछ र !
कमसेकम समयमै – बुझ्नेले बुझ्नु पर्छ
महल र छाप्रोको सुशासन
समान छ भन्दा भन्दै
देख्नेले फरक किन देख्यो ?
पद्दति र शासक राम्रो छ भन्दा भन्दै
समयले फरक ईतिहास किन लेख्यो ?
कमसेकम समयमै – बुझ्नेले बुझ्नु पर्छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१५ असार २०८३, सोमबार 




