साहित्यपोस्ट डट कम

यशको ‘नीलो गुलाफ’ बजारमा

यशको ‘नीलो गुलाफ’ बजारमा

काठमाडौं । युवापुस्तालाई केन्द्रमा राखेर लेखिएको लेखक यशको उपन्यास ‘नीलो गुलाफ’ सार्वजनिक भएको छ ।

पुस्तक सार्वजनिक गर्ने परम्परागत शैलीभन्दा फरक ढङ्गले कृति लोकार्पण गरिएको हो । पुस्तक व्यवसायसँग सम्बन्धित अनलाइन प्लेटफर्महरू किताब किरो, न्युरोड बुक्स र बुक्स स्टोरले एकै समयमा आफ्ना डिजिटल माध्यममार्फत भिडियो सार्वजनिक गर्दै उपन्यासलाई पाठकमाझ ल्याएका हुन् ।

इम्प्रिन्ट पब्लिशर्सद्वारा प्रकाशित उपन्यासमा विशेषगरी स्नातक तहमा अध्ययनरत युवापुस्ताको जीवन, प्रेम, सम्बन्ध र तिनसँग जोडिएका विविध अनुभवलाई कथात्मक रूपमा प्रस्तुत गरिएको छ ।

प्रकाशकका अनुसार उपन्यासले युवावस्थाका भावनात्मक उतारचढाव, सम्बन्धका जटिलता तथा जीवनका विभिन्न आयामलाई सहज, सरल र रोचक शैलीमा चित्रण गरेको छ । कथावस्तुको विकासक्रम, घटनाको प्रस्तुति र अन्त्यले पाठकलाई निरन्तर बाँधेर राख्ने विश्वास गरिएको छ ।

उपन्यासको विषयवस्तुसँगै यसको साजसज्जा, आवरण, कागज र मुद्रण गुणस्तरलाई पनि विशेष महत्व दिइएको प्रकाशकले जनाएको छ ।

‘नीलो गुलाफ’ नेपाली साहित्यमा विशेषतः युवा आख्यानका क्षेत्रमा पृथक् पहिचान स्थापित गर्न सक्ने कृतिका रूपमा अपेक्षा गरिएको छ ।

६ सय ३९ रुपैयाँ मूल्य निर्धारण गरिएको उपन्यास सार्वजनिक भएसँगै देशभरका पुस्तक पसलमा उपलब्ध भएको जनाइएको छ ।

ट्याग: यश
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.