काठमाडौं । यशस्वी प्रज्ञा प्रतिष्ठानले ‘यशस्वी पुस्तक पुरस्कार २०८१’का लागि पुस्तक आह्वान गरेको छ । प्रतिष्ठानले नेपाल तथा विदेशमा रहेका नेपाली लेखकद्वारा लेखिएका नेपाली र अंग्रेजी भाषाका पुस्तकहरूलाई सहभागी हुन आह्वान गरेको हो ।
आह्वानअनुसार २०८१ चैत मसान्तसम्म प्रकाशित कृतिहरू पुरस्कारका लागि योग्य हुनेछन् । लेखक तथा प्रकाशकहरूले आफ्ना पुस्तकहरू २०८३ वैशाख १७ गतेभित्र घटेकुलोस्थित प्रतिष्ठानको कार्यालयमा बुझाउनुपर्नेछ ।
प्रतिष्ठानकी निर्देशक रञ्जना निरौलाका अनुसार पुरस्कृत कृतिलाई २०८३ जेठ २३ गते आयोजना हुने चौथो काठमाडौं कलिङ–साहित्य महोत्सवका अवसरमा सम्मान गरिनेछ । विजेता पुस्तकलाई नगद २० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिनेछ ।
प्रतिष्ठानले साहित्यिक सृजनालाई प्रोत्साहन गर्ने उद्देश्यसहित हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको जनाएको छ ।

