साहित्यपोस्ट डट कम

वाङ्मय विमर्शमा अनेसास र त्रिविका प्राध्यापकहरू सहभागिता हुने

वाङ्मय विमर्शमा अनेसास र त्रिविका प्राध्यापकहरू सहभागिता हुने

नेपाली भाषा, साहित्य र संस्कृतिको विश्वव्यापी विस्तार र शैक्षिक सुदृढीकरणका विषयमा केन्द्रित ‘वाङ्मय विमर्श’ कार्यक्रम आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) र त्रिभुवन विश्वविद्यालयका केन्द्रीय विभागीय प्रमुखहरूको सहभागितामा हुने उक्त कार्यक्रमलाई नेपाली साहित्यको समकालीन अवस्था, डायस्पोरिक साहित्य र पाठ्यक्रममा यसको स्थानबारे गहन बहसका रूपमा लिइएको छ ।

कार्यक्रम २०२६ अप्रिल २४ (शुक्रबार) उत्तर अमेरिकाको पूर्वीय समयअनुसार साँझ ९ बजे र नेपाली समयअनुसार २०८३ वैशाख १२ गते बिहान ६:४५ बजे भर्चुअल रूपमा सञ्चालन हुनेछ ।

अनेसासका वर्तमान तथा पूर्व नेतृत्व, संस्थापक सदस्यहरू र विश्वविद्यालयका प्राध्यापकहरूले कार्यक्रममा नेपाली साहित्यको विश्वव्यापीकरण, संस्थागत सुदृढीकरण तथा शैक्षिक पाठ्यक्रममा डायस्पोरिक साहित्यको समावेशका विषयमा आफ्ना धारणा प्रस्तुत गर्नुहुनेछ ।

कार्यक्रममा अनेसास दक्षिण एशियाका पूर्व अध्यक्ष राधेश्याम लेकाली, अनेसास बोर्ड अफ ट्रस्टी सभापति पदम विश्वकर्मा, निवर्तमान अध्यक्ष गोवर्धन पूजा, वर्तमान अध्यक्ष सर्वज्ञ वाग्ले, पूर्व अध्यक्ष मोहन सिटौला, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, साथै त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभाग प्रमुख प्रा. डा. कृष्ण न्यौपाने र केन्द्रीय अंग्रेजी विभाग प्रमुख प्रा. डा. ध्रुव कार्कीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा वक्ताहरूले पाँचदेखि सात मिनेटभित्र आफ्ना विचार प्रस्तुत गर्नुहुनेछ भने त्यसपछि सहभागीहरूसँग अन्तरक्रिया गरिनेछ ।

आयोजक अनेसासले विश्वभर छरिएर रहनुभएकाे आफ्ना सदस्य, साहित्यकार, पत्रकार तथा साहित्यप्रेमीहरूलाई कार्यक्रममा सहभागिताका लागि हार्दिक निमन्त्रणा गरेको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.