साहित्यपोस्ट डट कम

‘विविशारा’ उपन्यासमाथि विमर्श, विश्व नेपाली साहित्य महासङ्घका प्रदेश र जिल्ला शाखा पुनर्गठित

‘विविशारा’ उपन्यासमाथि विमर्श, विश्व नेपाली साहित्य महासङ्घका प्रदेश र जिल्ला शाखा पुनर्गठित

काठमाडौँ । विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाको आयोजनामा उपन्यासकार छवि बैरागी घिमिरेद्वारा लिखित ‘विविशारा’ उपन्यासमाथि विमर्श कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम उपाध्यक्ष ऋषिराम सापकोटाको अध्यक्षतामा तथा लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य एवं साहित्यकार प्रा.डा. कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

सोही अवसरमा महासङ्घको लुम्बिनी प्रदेश शाखा, बाँके जिल्ला शाखा र बर्दिया जिल्ला शाखाको पुनर्गठनसमेत गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य–सचिव तथा आख्यानकार सनत रेग्मी, प्राज्ञ सदस्य महानन्द ढकाल, प्रगतिशील लेखक संघका केन्द्रीय सचिव डा. हरि तिमेल्सिना, विश्व केन्द्रीय समितिकी संगठन सचिव कल्पना पौडेल ‘जिज्ञासु’, साहित्यकार तथा विश्लेषक नरेन्द्रजंग पिटर, एरावती प्रकाशनका प्रमुख रामदेव पाण्डेलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बोधराज प्याकुरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।

प्रजातन्त्र दिवसको अवसर पारेर आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूद्वारा सातवटा दीप प्रज्वलन गरी उद्घाटन गरिएको थियो। कार्यक्रममा प्राज्ञ महानन्द ढकाललाई “लुम्बिनी प्रदेश साहित्य रत्न सम्मान” प्रदान गरिएको थियो भने लुम्बिनी प्रदेश अध्यक्ष लेखप्रसाद प्याकुरेललाई उत्कृष्ट कार्यसम्पादनका लागि प्रशंसापत्र प्रदान गरिएको थियो।

‘विविशारा’ उपन्यासमाथि समीक्षकद्वय डा. पुष्कर रिजाल र चरित्र शाहले समीक्षा प्रस्तुत गर्नुभएकाे थियाे । समीक्षकहरूले उपन्यासले सामाजिक यथार्थलाई सशक्त रूपमा चित्रण गरेको, भाषा सरल र प्रभावकारी भएकाले कृति पठनीय रहेको उल्लेख गर्नुभयाे । उपन्यासकार घिमिरेले समीक्षकका जिज्ञासाको उत्तर दिँदै लेखन प्रक्रियासम्बन्धी आफ्ना अनुभव साझा गर्नुभएकाे थियाे ।

कार्यक्रमको दोस्रो चरणमा महासङ्घको लुम्बिनी प्रदेश, बाँके र बर्दिया जिल्ला शाखाका नवगठित कार्यसमितिको घोषणा गरिएको थियो।

लुम्बिनी प्रदेश शाखाकाे अध्यक्षमा चरित्र शाह, उपाध्यक्षमा गणेश कार्की, भरत रानाभाट, महासचिवमा बोधराज प्याकुरेल, सचिवमा इन्दिरा गौतम, कोषाध्यक्षमा सुन्दर गुरुङ र सदस्यहरूमा केशव गाहा, लक्ष्मी बस्याल, दर्पण दंगाली, नवीन बस्याल, शशीधर सापकोटा, दिला शाह, खगेन्द्र नेपाल, प्रतिभा पन्थी, एम. रेग्मी, तारा रोकाया, पवन जयस्वालसहित १९ सदस्यीय समिति चयन हुनुभएकाे छ ।

त्यस्तै बाँके जिल्ला शाखा अध्यक्षमा चन्द्रावती अधिकारी,उपाध्यक्षमा पद्मावती रिजाल, सचिव महेन्द्र सेडाई, सहसचिवमा दीप पन्थी, कोषाध्यक्षमा अर्चना पाठक र सदस्यहरूमा हिमाल शर्मा, सन्तोषी पुन मगर, अन्तरिक्ष देवकोटा, लक्ष्मण सुर्खेती, सुनगाभा पोखरेल, मुस्तफा हसन कुरेसीसहित ११ सदस्यीय समिति चयन हुनुभएकाे छ ।

बर्दिया जिल्ला शाखा अध्यक्षमा प्रभात सुवेदी उपाध्यक्षमा निर्मला शर्मा नेरु, सचिवमा नारायणप्रसाद भट्टराई सहसचिवमा रामप्रसाद लामिछाने

कोषाध्यक्षमा वीरबहादुर थापा र सदस्यहरूमा लक्ष्मी खनाल ‘अभि’, श्रीमन नारायण गौतम, मिना चौधरी, रमा चपाई, शान्ति चौधरी, राममिलन मुराउ सहित ११ सदस्यीय समिति चयन हुनुभएकाे छ ।

कार्यक्रमको सञ्चालन महासङ्घ नेपाल शाखाका सचिव लेखप्रसाद प्याकुरेलले गर्नुभएकाे थियाे । प्रमुख अतिथि, विशिष्ट अतिथि तथा सभाध्यक्षले ‘विविशारा’ कृतिको सफलताको शुभकामना व्यक्त गर्दै नवगठित प्रदेश तथा जिल्ला शाखाका पदाधिकारीलाई बधाई दिनुभएकाे थियाे ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.