साहित्यपोस्ट डट कम

उत्तम भौकाजीलाई ‘लिरिसिस्ट एन्ड एन्टरप्रेन्योरियल एक्सिलेन्स अवार्ड’

उत्तम भौकाजीलाई ‘लिरिसिस्ट एन्ड एन्टरप्रेन्योरियल एक्सिलेन्स अवार्ड’

काठमाडौं । गीतकार तथा उद्यमी उत्तम भौकाजी ‘फ्युचर आइकन्स अवार्ड्स २०२६’ अन्तर्गत ‘लिरिसिस्ट एन्ड एन्टरप्रेन्योरियल एक्सिलेन्स अवार्ड’बाट सम्मानित हुनुभएको छ ।

इन्टरनेसनल यङ लिडर्स फोरमको आयोजनामा, अप्टिमेज ग्लोबलको प्रस्तुति तथा फ्युचर एड्भान्टेजको सहकार्यमा आयोजित समारोहमा भौकाजीलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

अप्टिमेज ग्लोबलकी संस्थापक अनुजा आचार्यको संयोजनमा काठमाडौंस्थित बेस्ट वेस्टर्न प्लस होटलमा सम्पन्न कार्यक्रम वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यको प्रमुख आतिथ्यतामा भएको थियो । समारोहमा शिक्षाविद् रमेश सिलवाल, कृष्ण अधिकारी, रञ्जना प्रधान, नरेशप्रसाद श्रेष्ठ र भक्त राजभण्डारीलगायतको उपस्थिति रहेको थियो ।

गीत लेखन, सिर्जनात्मक क्षेत्र तथा उद्यमशीलतामार्फत समाजमा सकारात्मक पहिचान बनाउँदै आउनुभएका भौकाजीलाई कला, अभिव्यक्ति, सिर्जना र व्यावसायिक सोचलाई जोड्दै पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गरिएको आयोजकले जनाएको छ ।

समारोहमा मनोज ज्ञवालीलाई ‘सीईओ अफ द इयर’, जेन श्रेष्ठलाई ‘यङ बिजनेस आइकन’, राजेन्द्र शाक्यलाई ‘सोसल इम्प्याक्ट’, निर्णय एनएसकेलाई ‘म्युजिक एन्ड सोसल इम्प्याक्ट आइकन’, कुमुद भट्टलाई ‘वुमन एजुकेटर’, प्रजित के. तिमल्सिनालाई ‘इनोभेटिभ एजुकेटर’ तथा करण चौधरीलाई ‘यङ बिजनेस लिडर अफ द इयर’ अवार्ड प्रदान गरिएको थियो ।

त्यसैगरी कृष्ण कँडेललाई ‘सोसल इम्प्याक्ट आइकन’, प्रकाश सपुतलाई ‘पिपुल्स म्युजिक आइकन’, वर्षा सिवाकोटीलाई ‘आउटस्ट्यान्डिङ एक्ट्रेस’, रमन भट्टराईलाई ‘इन्स्पिरेसनल स्पिकर अफ द इयर’, प्रशान्त मिस्टलाई ‘युथ म्युजिक एन्ड एन्टरप्रेन्योरसिप आइकन’ तथा बालकृष्ण श्रेष्ठलाई ‘लाइफटाइम अचिभमेन्ट’ अवार्ड प्रदान गरिएको थियो ।

आयोजक अनुजा आचार्यका अनुसार ‘फ्युचर आइकन्स अवार्ड्स २०२६’को उद्देश्य आआफ्नो क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएका प्रेरणादायी व्यक्तित्वको योगदानलाई पहिचान, सम्मान तथा प्रोत्साहन गर्नु हो। यस्ता कार्यक्रमले नेतृत्व, उत्कृष्टता र सकारात्मक प्रभावलाई थप व्यापक बनाउन सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.