काठमाडौं । नेपाली साहित्यिक जगतमा ‘गीतादिदी’का रूपमा परिचित उपन्यासकार गीता केशरीको निधन भएको छ ।
८६ वर्षीया केशरीको असार १८ गते बिहान ७ बजे चाबहिलस्थित ओम अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उहाँ विगत केही समयदेखि अल्जाइमर्स तथा हृदयरोगबाट पीडित हुनुहुन्थ्यो । स्वास्थ्यमा जटिलता देखिएपछि एक साताअघि उहाँलाई ओम अस्पतालमा भर्ना गरी सघन उपचार कक्षमा उपचार गरिँदै आएको थियो ।
केशरीका कसिङ्गर, सौगात, आवाज र मुक्ति लगायत एक दर्जनभन्दा बढी उपन्यास प्रकाशित छन् । नेपाली उपन्यास लेखनमा उहाँले पुर्याउनुभएको योगदान स्मरणीय मानिन्छ ।
पारिवारिक स्रोतका अनुसार उहाँको पार्थिव शरीर पशुपति आर्यघाटस्थित विद्युत् शवदाह गृह अन्येष्टि गरिएकाे छ।

.jpg)