साहित्यपोस्ट डट कम

तुलसी ‘कश्यप’ स्मृति पुरस्कार २०२६ उषा शर्मालाई

तुलसी ‘कश्यप’ स्मृति पुरस्कार २०२६ उषा शर्मालाई

सिक्किम । तुलसीराम शर्मा ‘कश्यप’ प्रतिष्ठान, सिक्किमले प्रत्येक वर्ष प्रदान गर्दै आएको तुलसी ‘कश्यप’ स्मृति पुरस्कार २०२६ कथाकार उषा शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानले शर्माको कथा सङ्ग्रह ‘गन्तव्य’ लाई यस वर्षको पुरस्कारका लागि छनोट गरेको हो।

उक्त पुरस्कार आगामी फेब्रुअरी ११, २०२६ मा नेपाली साहित्य परिषदमा आयोजना हुने तुलसी ‘कश्यप’ जयन्ती समारोहका अवसरमा एक विशेष कार्यक्रमबीच प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।

पुरस्कारअन्तर्गत नगद ५१ हजार रुपैयाँ, प्रशस्ति पत्र तथा स्मृति चिन्ह प्रदान गरिनेछ। समकालीन नेपाली साहित्यका उल्लेखनीय तथा उत्कृष्ट कृतिलाई सम्मान गर्ने उद्देश्यले उक्त पुरस्कार स्थापना गरिएको प्रतिष्ठानको भनाइ छ।

प्रतिष्ठानले कथा विधामा सशक्त र संवेदनशील अभिव्यक्ति प्रस्तुत गरेको उल्लेख गर्दै उषा शर्माको कृति ‘गन्तव्य’ लाई पुरस्कारका लागि चयन गरिएको जानकारी दिएको छ। साथै, प्रतिष्ठानले पुरस्कार प्राप्त गर्ने अवसरका लागि कथाकार शर्मालाई हार्दिक बधाई तथा शुभेच्छा व्यक्त गरेको छ।

ट्याग: उषा शर्मा
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.