उदयपुर । त्रियुगा नगरपालिका ले त्रियुगा प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । नगरपालिकाले १३ सदस्यीय प्रज्ञा परिषद् तथा ९ सदस्यीय नगर प्रज्ञा कार्यसमिति गठन गर्दै साहित्य, भाषा र संस्कृतिको प्रवर्द्धनतर्फ महत्वपूर्ण कदम अघि बढाएको हो ।
प्रज्ञा परिषद्का सदस्यहरूमा विरेन्द्र वस्नेत, सम्झना असफल राई, चन्द्रनारायण चौधरी, कीर्तिवहादुर खड्का, कुवेरकान्त काफ्ले, हिरामान मोते, विरशबाबु शाही, ऋषिकेश पोखरेल, हरि के.सी., चन्द्र तामाङ, हर्कनारायण श्रेष्ठ, अनन्त दनुवार र मिथुन ठाकुर रहनुभएकाे छ ।
त्यसैगरी नगर प्रज्ञा कार्यसमितिको अध्यक्षमा राममणि पोखरेल, उपाध्यक्षमा महेन्द्र राई तथा सदस्य सचिवमा कौशल चेम्जोङ चयन हुनुभएको छ । अन्य सदस्यहरूमा सीमा मास्के, सन्जा दनुवार, शैलेन्द्र खतिवडा, वाशु पोखरेल, गोपालकृष्ण तिम्सिना र टंकबहादुर आलेमगर मनोनयन गरिएको छ ।
२०८३ जेठ १ गते आयोजित शपथग्रहण समारोहमा नगरप्रमुख बसन्त बस्नेत ले अध्यक्ष पोखरेललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । त्यसपछि अध्यक्ष पोखरेलले परिषद् सदस्य तथा कार्यसमितिका पदाधिकारीहरूलाई शपथ ग्रहण गराउनुभएको थियो ।
नगरस्तरमा प्रज्ञा प्रतिष्ठान गठनसँगै स्थानीय भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा थप सक्रियता आउने अपेक्षा गरिएको छ ।

