साहित्यपोस्ट डट कम

तोमनाथ उप्रेतीका हाइकुहरू

तोमनाथ उप्रेतीका हाइकुहरू

१.

मनको युद्ध

विवेकको प्रहार

अहं ढल्यो

२.

आत्मा जागृत

इच्छा विस्फोट रोक्यो

शान्ति उत्रियो

३.

चेतनाको बम

अज्ञानता ध्वस्त भो

सत्य उभियो

४.

मनको युद्ध

संयमले जित्यो नि

विजेता आत्मा

५.

लोभ विस्फोट

विवेकले रोक्यो नि

शुद्धता बाँकी

६.

अन्तरको आगो

करुणाले शीतल

जीवन फेरियो

७.

आत्मबलको

गोलीले अवगुण

भत्किए सबै

८.

मौनको शक्ति

शब्दभन्दा तीक्ष्ण छ

मन शान्त भो

९.

विवेक अस्त्र

क्रोधको किल्ला ढल्यो

शान्ति छायो नि

१०.

चेतना धक्का

अहंकार चुर भो

प्रेम विजयी

११.

आत्मजागरण

अन्धकार चिरियो

प्रकाश फैल्यो

१२.

संयम गोली

इन्द्रिय परास्त भो

आत्मा विजेता

१३.

सत्य विस्फोट

मिथ्या जलेर गयो

शुद्धता बाँकी

१४.

ध्यानको चोट

मनको अशान्ति हो

शान्ति छायो नि

१५.

आत्मीय क्रान्ति

आचरण उज्यालो

जीवन धन्य

साझा गर्नुहोस्:
तोमनाथ उप्रेती

लेखकको बारेमा

तोमनाथ उप्रेती

सयौं फुटकर रचना रच्नु भएका तोमनाथ उप्रेतीका आधा दर्जनभन्दा बढी लघुउपन्यास प्रकाशोन्मुख छन् । उहाँ नेपाल सरकारका उपसचिवसमेत हुनुहुन्छ । उहाँको एक लघुउपन्यास साहित्यपोस्टबाट प्रकाशित हुँदैछ ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.