साहित्यपोस्ट-नपढी सुखै छैन...

ठाकुर बेलवासेका पिता ईश्वरीप्रसाद बेलवासेको निधन

ठाकुर बेलवासेका पिता ईश्वरीप्रसाद बेलवासेको निधन

काठमाडौं । कवि तथा पत्रकार ठाकुर बेलवासेका पिता ईश्वरीप्रसाद बेलवासेको ८६ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा उहाँको TU Teaching Hospital, महाराजगञ्ज, काठमाडौंमा निधन भएको हो ।

परिवारका अनुसार स्व. बेलवासे विगत दुई महिनादेखि कलेजोसम्बन्धी रोगको उपचार गराइरहनु भएको थियो । उपचारकै क्रममा उहाँले आज निधन भएकाे हाे । मृतकका भतिजा युवराज शर्माका अनुसार ईश्वरीप्रसाद बेलवासेका एक श्रीमती र तीन छोरा रहनुभएकाे छ । कवि तथा पत्रकार ठाकुर बेलवासे उहाँका कान्छा छोरा हुनुहुन्छ ।

स्व. ईश्वरीप्रसाद बेलवासेको निधनप्रति साहित्यिक तथा पत्रकारिता क्षेत्रका व्यक्तित्वहरूले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.