साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

स्याङ्जामा ‘नियमित भेटघाट तथा सिर्जना वाचन’ समारोह सम्पन्न

स्याङ्जामा ‘नियमित भेटघाट तथा सिर्जना वाचन’ समारोह सम्पन्न

साहित्यिक अभियानमा सक्रिय संस्था स्याङ्जाली नारीद्वारा आयोजित “नियमित भेटघाट तथा सिर्जना वाचन” समारोह सम्पन्न भएको छ ।

वालिङ–८ स्थित चियाघरको प्राङ्गणमा आइतबार अनौपचारिक रूपमा आयोजित उक्त कार्यक्रममा संस्थाकी अध्यक्ष लक्ष्मी रेग्मी खनालले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली लेखक सङ्घका केन्द्रीय सचिव एवं युवा स्रष्टा मिलन समीर, भेषजराज साहित्य प्रतिष्ठान का अध्यक्ष यमकान्त खनाल र सचिव श्यामप्रसाद ढुङ्गाना सहित जेष्ठ नारी स्रष्टा दमकला बगाले तथा अग्रज साहित्यकार लेखनाथ काफ्ले लगायतका स्रष्टाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

त्यस्तै, सर्जक कमलप्रसाद बगाले, वसन्त खनाल, ढालबहादुर केसी, सिर्जना खनाल, सरस्वती काफ्ले, मञ्जु पराजुली, आशिष मिजार लगायतले आफ्ना सिर्जना वाचन गर्नुभएकाे थियाे।

कार्यक्रममा साहित्यप्रेमी अग्रज व्यक्तित्व सूर्यप्रसाद खनालले नारी स्रष्टाहरूको सक्रियता प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

यस अवसरमा गीता ढकाल, रमेश अधिकारी, विश्व पराजुली, देव बुढाथोकी, सूर्याशं काफ्ले, सुलव खनाल लगायतको उपस्थिति रहेको थियो ।

स्रष्टाहरूबीच आत्मीय भेटघाट, विचार आदान–प्रदान र सिर्जनात्मक अभिव्यक्तिको सशक्त संगम बनेको उक्त कार्यक्रमले स्थानीय साहित्यिक गतिविधिलाई थप ऊर्जा प्रदान गरेको सहभागीहरूले बताएका छन् ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.