साहित्यपोस्ट डट कम

स्वतन्त्र साहित्य पुञ्जद्वारा भव्य कवि गोष्ठी सम्पन्न

स्वतन्त्र साहित्य पुञ्जद्वारा भव्य कवि गोष्ठी सम्पन्न

काठमाडौँ। स्वतन्त्र साहित्य पुञ्ज नेपालले विशेष कवि गोष्ठी तथा स्रष्टा भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। ललितपुरस्थित महालक्ष्मी नगरपालिका–टिकाथलीमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा छन्द कविहरूको उल्लेख्य सहभागिता रहेको थियो।

संस्थाका अध्यक्ष भवानी न्यौपाने ‘भावना’को अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि काव्यकार एवं साहित्यकार मुकुन्द शर्मा चालिसे रहनुभएको थियो। कार्यक्रममा डा. ढुन्डीराज पहाडी विशिष्ट अतिथि रहनुभएको थियो भने डा. रमेश शुभेच्छुले वाचित कवितामाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो।

कवि गोष्ठीमा ढुन्डीराज पोखरेल, हरि घिमिरे, चिरञ्जीवी सिग्देल, शारदाप्रसाद पहाडी, रत्न बिरही घिमिरे, कल्पना काफ्ले, एस.आर. दुवाडीलगायत स्रष्टाहरूले आफ्ना कविता वाचन गर्नुभएकाे थियाे ।

कार्यक्रमको सञ्चालन संस्थाकी सदस्य छन्दिका त्रिपाठीले गर्नुभएको थियो भने स्वागत मन्तव्य दिव्यलक्ष्मी पोखरेलले व्यक्त गर्नुभएको थियो।

वि.सं. २०८० वैशाख १ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आएको स्वतन्त्र साहित्य पुञ्ज नेपालले यसअघि आफ्नो पहिलो कार्यक्रम वाल्मिकी विद्यापीठमा भव्यताका साथ सम्पन्न गरेको थियो। साहित्यिक सिर्जना, विमर्श र स्रष्टाबीच आत्मीय संवादलाई निरन्तरता दिने उद्देश्यसहित संस्थाले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दै जाने जनाएको छ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.