साहित्यपोस्ट-नपढी सुखै छैन...

सुरेशको स्वरमा ‘माया गर्छु नि हौ तिमीलाई’ सार्वजनिक

सुरेशको स्वरमा ‘माया गर्छु नि हौ तिमीलाई’ सार्वजनिक

काठमाडौं । कवि सुरेश राईको स्वरमा ‘माया गर्छु नि हौ तिमीलाई’ बोलको गीति भिडियाे सार्वजनिक भएको छ।

कवि राई स्वयं र ‘द शफायर’ समूहको सहकार्यमा तयार भएको उक्त गीतमा शब्द तथा संगीत पनि स्वयं राईकै रहेको छ। गीत युट्युब माध्यममार्फत ‘Suresh Rai & The Sapphire’ नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो। गीतको संगीत संयोजन देवेश राईले गर्नुभएको हो।

वेदना राईको निर्देशनमा तयार गरिएको भिडियाेमा कलाकार जीवन भट्टराई, ‘द शफायर’ समूह तथा सन्जय थुलुङ राईको जीवन्त अभिनय देख्न सकिन्छ।

उक्त गीत अनामनगरस्थित राङ्कासु स्टुडियोमा रेकर्ड गरिएको हो भने पश्च–सम्पादन पुमाफिल्मस तथा छड्के टोपी आर्ट्सले गरेको हो।

कवि राईका अनुसार उहाँको स्वरमा अन्य दुई गीतहरू पनि चाँडै सार्वजनिक गर्ने तयारी रहेको छ।

ट्याग: सुरेश राई
साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.